१४ असार, पाल्पा । पाल्पामा मतदान गर्न जाँदै बाटोमा ढलेर एक महिलाको ज्यान गएको छ ।
पाल्पाको राम आधारभुत विद्यालयमा बगनाशकालीमा मतदान गर्न जाने क्रममा ६२ वर्षीय कृष्णकुमारी कुमालको ज्यान गएको हो । मतदान केन्द्रमा पुग्नुअघि नै बेहोस भएर ढलेकी कृष्णकुमारीको मृत्यु भएको हो ।
वि.सं.२०७४ असार १४ बुधवार ०६:५८ मा प्रकाशित






























