back

लिम्बुवान सामाजिक मञ्च साउदीद्धारा राजदूतको स्वागत

वि.सं.२०७४ असार १४ बुधवार

843 

shares

rajdutसाउदी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रवास भातृसंगठन संघीय लिम्बुवान सामाजिक मञ्च दमामले साउदीका लागि नेपाली राजदूतलाई स्वागत तथा सम्मान गरेको छ ।
मञ्चले मंचले एक कार्यक्रमको आयोजना गरेर राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुतलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेको हो ।
संघीय लिम्वुवान सामाजिक मञ्च दमामका अध्यक्ष टंक माङलक र प्रमुख सल्लाहकार, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य तथा समाजसेवी श्री प्रसाद यावाले साउदीमा रहेका नेपाली श्रमिकहरुको वस्तुगत प्रकृति अवस्था बारे ध्यानाकर्षण पत्र सहित दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेको हो । साथै राजदूतको अनुपस्थितिमा पनि दुई वर्षदेखि नेपाली श्रमिकहरुको पक्षमा अतुलनीय भूमिका निभाउन सफल भएको भन्दै नियोग प्रमुख आनन्द प्रसाद शर्मा र श्रम सहचारी अम्बिका अधिकारीलाई पनि लिम्बुवान सामाजिक मञ्च दमामले दोसल्ला ओढाएर सम्मान गरेका छ्न ।

rajdut1
गत ४ जुन आइतबार जिम्मेवारी समालेका राजदूत सिंहले ध्यानाकर्षण पत्र बुझ्दै भने, ‘साउदीमा नेपाली कामदार समस्याहरु विभिन्न प्रकृतिका आउदैछन कति समस्या त यस्ता छन की साउदी कानुन भन्दा साहुमाथी रहेको पाएको छु । सामाधान हाम्रो हातमा छैन, हाम्रो हातमा कोसिष छ हामी २४ औं घण्टा इमान्दारीपूर्वक प्रयास गर्ने छौ निरन्तर प्रयासपछि सामाधान हुन्छ भन्नेमा मलाई विश्वास छ ।’
राजदुत सिंहले लिम्बुवान सामाजिक मञ्च दमाम कार्य समितिले बिगतमा पु¥याएको सेवाप्रति धन्यवाद दिदै साउदीमा देखिएको समस्या सबैको समस्या रहेकोले टिम वर्कको आवश्यकता जरुरी भएको हुँदा बाँकि दिनहरुमा पनि हातेमालो गरेर बढ्न आग्रह गरेका थिए ।
सोहि अवसरमा नियोग प्रमुख आनन्द प्रसाद शर्माले विगतमा संघीय लिम्बुवान सामाजिक मञ्चले अलपत्र परेका नेपालीलाई गरेको उद्धारको प्रशंसा गर्नु भएको थियो ।
मञ्चका अध्यक्ष टंक माङ्लकले राजदूतका रुपमा सिंहलाई पाउँदा हर्षित भएको र आउँदा दिनमा नेपाली श्रमिकहरुको समस्यामा सुधार आउने अपेक्षा गरेको बताए ।
त्यस्तै प्रमुख सल्लाहकार यावाले रोजगारदाता कम्पनीहरुले चालक अनुमति पत्र उपलब्ध नगराई सवारी चलाउन बाध्य गराउनुको कारण निर्दोष रहदा रहदै पनि सवारी चालकमा आएका नेपालीहरु जेल बस्न बाध्य भैरहेकोले सवारी चालक भिसामा अविलम्ब सजकता अपनाउनु पर्ने भन्दै ध्यानाकर्षण गराए ।
लिम्बुवान सामाजिक मञ्चका बिशेष सल्लाहकार तथा गैर आवासीय नेपाली संघ साउदीका पुर्वक्षेत्रिय सचिव अन्जनी अधिकारीले कुवेत ओमन हुदै भित्रीएका नेपाली चेलिहरुले पाइरहेको सास्तीका बारेमा बताएका थिए भने लिम्बुवान सामाजिक मञ्च दमामका महासचिव लोकेन्द्र फ्याकले ध्यानाकर्षण पत्र गरेका थिए ।
युवा समाजसेवी तथा मञ्चका सल्लाहकार सदस्य उत्सव भट्टराई , शुक्र मोक्तान र मञ्च कार्य समिती सदस्य प्रेम लिम्बूले समेतले स्वागत तथा सम्मान कार्यक्रममा भाग लिएका थिए ।
स्ममरण रहोस् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले मञ्चले एतिहासिक पृष्ठभुमिको आधारमा अरुण पुर्वका नौ जिल्ला स्वायत्त लिम्बुवान प्रदेश हुनुपर्ने माग राख्दै आएको छ ।

वि.सं.२०७४ असार १४ बुधवार ०९:१५ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...