१४ असार, अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नं ६ स्थित तन्देश्वरी मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको छ । झडप नियन्त्रण गर्नको लागि प्रहरीले हवाई फायर गरेको छ ।
मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेसले चुनावी गठबन्धन गरेको छ भने एमाले एक्ले चुनावी मैदानमा उत्रिएको छ ।
वि.सं.२०७४ असार १४ बुधवार ०८:५६ मा प्रकाशित






























