
स्थानीय चुनावमा एमाले, काग्रेस र माओबादी क्रमश पहिलो, दोश्रो र तेश्रो हुने निश्चित भएको छ। मेरा लागि चुनाव कसले जित्यौ वा हार्यौ भन्दा पनि संविधान कार्वान्यनको पहिलो खुड्किलो पार भएकोमा खुशी लागेको छ। क्षेत्र न २, प्रान्तीय र संसदीय चुनाब बनाउन सरकार यसरी नै सफल भयो भने सरकार प्रमुख लठेप्रो थियो वा काग थियो भन्ने कुरा भविष्यमा गौण हुनेछ।
यो चुनावलाई तीनवटै दलको जित र हार दुबै रुपमा विष्लेषण गर्ने सकिने देखियो – आफ्नो अनुकुल हुने गरी।
सबैको जित यसरी
एमाले : दोश्रो दलबाट पहिलो दलमा उक्लियो। २०४८ र २०५४ को स्थानीय निर्वाचनको नजिता हेर्दा सरकारमा बस्ने दलको वर्चस्व हुने गर्थ्यौ तर यसपाली यसो नभकोमा एमाले दङ्ग होला।
काग्रेस : नेतृत्वको अलोकप्रियता, प्रतिद्वन्दी लोकप्रियताको उचाईमा, प्रधानन्यायधीश काण्ड, दल ब्यबस्थापनमा बेथिती बिच पनि एमालेको हाराहारीमा पुग्न सकेकोमा काग्रेसले पनि सफल भएको ठाने होला।
माओबादी : दल फुटेर १० टुक्रा हुदा, सबैले पत्तासाप हुने अनुमान बिच सम्मानजनक मत प्राप्त गरी लाईफ लाईन पाएकोमा माओबादी खुशी नहुने कुरै भएन। बाबुरामका कार्यकर्ता घर फर्किने, संसदीय चुनावमा कसैको बहुमत नआउने हुदा आँफुलाई किङमेकरको रुपमा देखेको हुनु पर्छ।
सबैको हार यसरी :
एमाले : प्रतिद्वन्दी कमजोर भएको बेला, राष्ट्रियताको मुद्दाले चलाई लिएको बेला २०५४ मा झै झण्डै दुई तिहाई ल्याउने अनुमान बिच काग्रेस पछि पछि आएकोमा एमालेले अवसर गुमाएको रुपमा लिएको हुनु पर्छ।
काग्रेस : आफैले सरकारको नेतृत्व गरेको बेला, संविधानको कार्वान्यनको बागडोर आफ्नो हातमा हुदा पनि पहिलो दलबाट दोश्रोमा झर्दा काग्रेस झस्कियो हुनु पर्छ।
माओबादी : परिवर्तनको एजेण्डा आफ्नो नेतृत्व अरुको हुदा, सरकारमा बसेर राम्रो काम गर्दा पनि रुकुम र रोल्पा तिर सिमित हुनु पर्दा माओबादीलाई पिडा भएको हुनु पर्छ।
बाँकि दलको बारे खासै केही भन्न परेन।
वि.सं.२०७४ असार २० मंगलवार ०९:५४ मा प्रकाशित





















