२० असार, विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयर पदमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र बीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
अहिले सम्म १३ हजार मत गणना हुदा नेपाली कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ३ हजार ६ सय ७३ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिदन्द्धी माओवादी केन्द्रका दिलिपकुमार अग्रवाल ३ हजार ५ सय ४१ मत सहित पछ्याईरहेका छन् । हिजा सम्म अग्रता लिएका अग्रवाललाई घिमिरेले आज पछि पारेका हुन् ।
निर्वाचन कार्यलयका अनुसार उक्त नगरपालिकामा अब १० हजार मत गन्न बाकी रहेको छ ।
वि.सं.२०७४ असार २० मंगलवार ०८:५० मा प्रकाशित




























