२० असार, तुलसीपुर(दाङ) । लमही नगरपालिकाका प्रमुखमा नेकपा(एमाले)का कुलबहादुर केसी पाँच हजार १५२ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जोगराज चौधरीले पाँच हजार ६९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उप्रमुखमा काँग्रेसकी देवका बेल्वासे पाँच हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले चार हजार ८३३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय दाङले जनाएको छ ।कुल मतदाता २४ हजार ९३६ रहेको नगरपालिकामा १९ हजार बढी मत खसेको थियो ।
वि.सं.२०७४ असार २० मंगलवार ०८:२६ मा प्रकाशित