२० असार, काठमाडौँ । इलामको सुर्योदय नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरपालिकाको मेयर पदमा एमालेका रनबहादुर राई १२ हजार ९ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रेमलाल चाम्लिङ्गले १० हजार ३ सय २९ मत ल्याएका हुन् ।
यस्तै उपमेयरमा एमालेकी दुर्गा भट्टराई १२ हजार ८ सय ९० मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्धनदी नेपाली कांग्रेसकी खगेश्वरी अधिकारीले ९ हजार ९ सय २७ मत प्राप्त गरिन् ।
वि.सं.२०७४ असार २० मंगलवार ०९:५७ मा प्रकाशित






























