२३ असार झापा । झापाको बुद्ध शान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका रमेशकुमार भुजेल ७ हजार ९ सय ७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार चिन्तन पाठकले ७ हजार ५ सय ३३ मत ल्याएका हुन् । पाठक एमालेका झापा जिल्ला अध्यक्ष समेत हुन् । जिल्लामा निकै प्रभावशाली नेताको रुपमा परिचीत पाठक चुनावमा भने कांग्रेस उम्मेदवार सँग पराजित भएका हुन् ।
यस्तै उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेकी मिरा भुर्तेल ७ हजार ४ सय ५७ मत ल्याएर विजयी भएकी छन् ।
वि.सं.२०७४ असार २३ शुक्रवार ०५:५९ मा प्रकाशित