back

वैदेशिक रोजगारीबाट फर्किएका जुम्ल्याहा दाजुभाइद्वारा भेडापालन शुरु

वि.सं.२०७४ असार २५ आइतवार

648 

shares
IME Limited
NTC AD

bheda-farm

बेनी (म्याग्दी), २५ असार । स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले रु ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन् ।

वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ खरिद गरेर ब्यावसायिक भेडापालन शुरू गरेका हुन् ।

कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेगखोलामा व्यावसायिक भेडापालनको सम्भावना रहेकाले ठूलै लगानी गरेर भेडापालनमा सक्रिय भएको लक्ष्मणले बताउनुभयो ।
मुस्ताङको लेतेस्थित माथिल्लो खर्कमा रहेका भेडाको रेखदेखमा राम रहनुभएको छ भने लक्ष्मणले गाउँकै कृष्ण आधारभूत विद्यालयका शिक्षणका साथै गाउँमा पशुसेवा कार्यालयले उपलब्ध गराएको गोठ र जाडोयाममा आवश्यकपर्ने घाँससहितको जोहो गर्दै आउनुभएको छ । दुवै दाजुभाइले वैदेशिक रोजगारका शिलशिलामा कतारमा करिब आधा दशक बिताए पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि गाउँ फर्किएका थिए ।

पुर्जासँगै गाउँकै छविलाल शेर्पुजासमेत भेडापालनमा सक्रिय हुनुहुन्छ । शेर्पुजाको दुई सय पाँच भेडा छन् । वार्षिक रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएका उहाँले पुर्जा दाजुभाइलाई पनि यो पेशाप्रति आकर्षित गराउनुभयो । अन्नपूर्ण गाउँपालिकाका विभिन्न खर्कमा ६५ कृषकका करिब ११ हजार भेडा छन् । पशुसेवा कार्यालयमार्फत विभिन्न कार्यक्रम अन्तर्गत रु ७० लाख भन्दा बढी यस क्षेत्रमा लगानी रहेको जनाइएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०९:३५ मा प्रकाशित

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–१४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

घोराही । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र...

दुई किसानले बेचे १५ लाखभन्दा बढीका तरबुजा

दुई किसानले बेचे १५ लाखभन्दा बढीका तरबुजा

गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले...