back
CTIZAN AD

वैदेशिक रोजगारीबाट फर्किएका जुम्ल्याहा दाजुभाइद्वारा भेडापालन शुरु

वि.सं.२०७४ असार २५ आइतवार

990 

shares

bheda-farm

बेनी (म्याग्दी), २५ असार । स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले रु ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन् ।

वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ खरिद गरेर ब्यावसायिक भेडापालन शुरू गरेका हुन् ।

कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेगखोलामा व्यावसायिक भेडापालनको सम्भावना रहेकाले ठूलै लगानी गरेर भेडापालनमा सक्रिय भएको लक्ष्मणले बताउनुभयो ।
मुस्ताङको लेतेस्थित माथिल्लो खर्कमा रहेका भेडाको रेखदेखमा राम रहनुभएको छ भने लक्ष्मणले गाउँकै कृष्ण आधारभूत विद्यालयका शिक्षणका साथै गाउँमा पशुसेवा कार्यालयले उपलब्ध गराएको गोठ र जाडोयाममा आवश्यकपर्ने घाँससहितको जोहो गर्दै आउनुभएको छ । दुवै दाजुभाइले वैदेशिक रोजगारका शिलशिलामा कतारमा करिब आधा दशक बिताए पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि गाउँ फर्किएका थिए ।

पुर्जासँगै गाउँकै छविलाल शेर्पुजासमेत भेडापालनमा सक्रिय हुनुहुन्छ । शेर्पुजाको दुई सय पाँच भेडा छन् । वार्षिक रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएका उहाँले पुर्जा दाजुभाइलाई पनि यो पेशाप्रति आकर्षित गराउनुभयो । अन्नपूर्ण गाउँपालिकाका विभिन्न खर्कमा ६५ कृषकका करिब ११ हजार भेडा छन् । पशुसेवा कार्यालयमार्फत विभिन्न कार्यक्रम अन्तर्गत रु ७० लाख भन्दा बढी यस क्षेत्रमा लगानी रहेको जनाइएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०९:३५ मा प्रकाशित

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...