
२५ असार, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिडले डिफेन्डर जेसस भलेजोलाई लोनबाट फिर्ता बोलाएको छ । जर्मन क्लब आईन्ट्याक फ्रयांकफुर्टमा २ सिजन लोनमा बिताएका भलेजोलाई रियलले फिर्ता बोलाएको हो । भलेजोलाई रियलले भेट्रान फुटबलर पेपेको ३ नम्बर प्रदन गरिएको छ । उनलाई रियलमा भित्रााउदै रियलका क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भलेजो प्रतिभावान खेलाडी रहेको बताएका छन् । उनको आगमनले रियलको भविष्य अझ मजबुत भएको बताएका छन् ।
यसै गरी भलेजोले रियलबाट खेल्ने आफ्नो सपना पुरा भएको बताएका छन् । उनले आफुले सकेजति ‘पोटेन्सियल’ रियलको ईन्जिनमा खर्च गर्ने प्रतिक्रिया दिएका छन् । उनले रियललाई नयाँ गन्तव्यमा पु¥याउन सकेजत्ति योगदान गर्ने बताएका छन् ।
गत दुई सिजन फ्रयांकफुटमा लोनमा रहदा उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले जर्मनीमा आफुलाई पहिलो रोजाईमा खेल्न सक्ने डिफेन्डरको रुपमा स्थापित गरेका छन् । भलेजोले युरो अन्डर २१ प्रतियोगिता स्पेनको प्रतिनिधत्व गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । उनलाई रियल तथा स्पेनका कप्तान सर्जियो रामोशको उत्तराधिकारीकको रुपमा हेरिएको छ ।