back

 यस्ता छन, एनआरएनए कान्साइको संयोजकका उम्मेदवार महेशका प्रतिबद्धताहरु

वि.सं.२०७४ असार २५ आइतवार

774 

shares
IME Limited
NTC AD

mahesh-kumarएनआरएनए जापानको चुनाबी सरगर्मी बढेसंगै धमाधम यसका क्षेत्रीय समितिहरु चुनाबी मैदानमा होमिएका छन् । जस अन्तर्गत जापानको एक बहुप्रतिक्षित क्षेत्र कान्साइको अधिबेशन नजिकिदै गर्दा आगामी कार्यकाल २०१७–०१९ को लागि आगामी जुलाई १० तारिकमा हुने निर्वाचनको रौनक पनि बढीरहेको छ ।
यसै सन्दर्भमा एनआरएनए कान्साइको आगामी कार्यकालको संयोजक पदमा उमेदवारी दिनुभएका बिगत दश बर्षदेखी अनबरत रुपमा एनआरएनए अभियानमा सक्रिय तथा एनआरएनए कान्साइको बर्तमान सल्लहकार समेत रहनु भएका महेश कुमार कटवालले आगामी कार्यकालको लागि आफुले गर्ने कार्ययोजना र प्रतिबद्दता सार्वजनिक गर्नुभएको छ । आगामी कार्यकालको लागि वहाँले तयार गर्नु भएको कार्ययोजना जस्ताको तस्तै ।
‘म महेश कुमार कटवाल नेपालमा स्नातक तहको अध्यनको समाप्ति संगै २००३ मा विद्यार्थीको रुपमा जापानको टोक्यो प्रबेस गरि ४ बर्षे औपचारिक अध्यन पश्चात २००७–०७ बाट ओसाकामा रेस्टुरेन्ट ब्यबसायबाट आफ्नो करियरको सुरुवात गरि आफ्नो करियर संगै नेपाल,नेपाली र नेपाली समुदायको दुःख सुखको सहयात्री हुदै गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निरन्तर सक्रिय रहदै आफुले जानेको बुझेको सकेको योगदान दिदै आइरहेको छु र निरन्तर दिदै अगाडी बढ्ने छु ।
२००४\०२\१२ मा एनआरएनए जापानको स्थापना भए देखिनै म आफू विद्यार्थीको रुपमा रहे पनि संसारभर रहेका सम्पूर्ण नेपालीहरुको एक मात्र संस्था एनआरएनएको हरेक गतिविधिमा सक्रिय हुदै टोक्यो बाट ओसाकाको स्थानान्तरण पछि पनि २००६\११\२६ मा स्थापना भएको एनआरएनए कान्साइमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्दै कार्य समिति सदस्य, सल्लाहकार हुँदै आजको दिनसम्म आउदै गर्दा झन्डै ५००० जति नेपालीहरुको बसोबास रहेको कान्साई क्षेत्रको संयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेको जानकारी गराउन चाहन्छु ।
अघिल्लोपटक मैले आफुले २०१५–२०१७ को उपसंयोजकको उम्मेदवारी दिएको अबस्थामा हालका संयोजकका दाबेदारी मित्र भूमिराज दवाडी पनि तत्कालिन समयका उपसंयोजकको दाबेदारी रहेको र यहाको नेपाली समाज र वहाको व्यक्तिगत अनुरोधमा अर्कोपटक मलाइ संयोजकमा सहयोग गर्ने सर्तमा आफूले चुनाबी माहोलको अन्त्य गर्दै वहालाई उपसंयोजकमा सहयोग गरेको तर अब मलाइ सहयोग गर्ने समय आएपछि आफ्नो प्रतिबद्दता र इमान्दारिता बाट भाग्न खोजेकोले आफु आफ्नो प्रतिबद्दता सामाजिक प्रतिष्ठा र नेपाली समाजको आफूप्रतिको विश्वास र इज्जतको कदर गर्दै यसपाली एनआरएनए कान्साइको संयोजकको पदमा उम्मेद्वारी दिएको जानकारी गराउदै यहाहरुको अमूल्य मतको आसा गर्दछु ।
एनआरएनए एउटा यस्तो एकमात्र संस्था हो जस्ले संसारभर छरिएर रहेका नेपालीहरूलाई गोल्बद्द गराई एकताबद्द हुन सिकाएको छ । नेपालीहरूलाई स्वदेशमा तथा बिदेशमा पर्ने आपत विपद् र कुनै भवितव्य हुँदा निस्वार्थ सहयोग गर्न सिकाएको छ र विदेशमा रहे पनि तन मन र वचनले आफ्नो मातृभूमिको प्रगतीको लागी जे जसो गर्न सकिन्छ,गरौं भन्ने भावनाको विकाश गर्न मद्दत पुर्याएको छ । नेपालको बिनासकाली भूकम्प होस् या नाकाबन्दी होस् हरेक कार्यमा यो संस्थाले स्वतस्फूर्त देश र जनताको लागि सक्दो सहयोग गर्दै आएको छ । यस्तै बिबिधता भरिएको मानबिय र जनहितको कार्यमा म आफुलाई पनि केहि सिक्दै र केहि सिकाउदै यो बिस्वब्यापी अभियानको एउटा हिस्साको रुपमा समाहित गर्न पाउदा गौरवान्बित भएको महशुस गरेको छु ।
मैले बिगत लामो समय देखिको जापान बसाईको क्रममा यहाँ विभिन्न पेसामा आबद्द नेपालीहरु जस्तै कुक पेसामा आबद्द,रेस्टुरेन्ट ब्यबसायी बिद्यार्थी, विभिन्न पेसामा आबद्द र त्यससित आश्रित हुनु भएका म्भउभलमभलत हरु जापानी परिवारसंग बिबाह गरेका नेपाली नागरिकहरु लगायतको हितमा र वहाहरुको जिबनमा आइपरेका र झेल्नु परेका विभिन्न समस्यहरू देखेको र महशुस गरेको अबस्थामा स्वतस्फुर्त जानेको सकेको बुझेको निस्वार्थ सहयोग र सल्लाह प्रदान गर्दै आएको छु र आगामी दिनमा पनि गर्दै जाने छु ।
एक नेपालीको हैसियतमा कतिपय समस्याहरू ब्यक्तिगत रूपमा नै हल गर्दै आएपनि प्राय समस्याहरू एक्लैले नसकिने हुँदा पनि एन।आरएनए जस्तो सँस्थाको जिम्मेवारी तहमा रहेर अझै ससक्त गर्दै लाग्नु पर्ने अनिवार्यता मैले देखेको छु । मेरा केहि प्रतिबद्दताहरु यहाहरु माँझ राख्ने अनुमति चाहन्छु ।
पर्यटन प्रबर्दनको बिषयमा
पर्यटनको अथाह सम्भावना बोकेको हाम्रो देश नेपालको पर्यटनको प्रबर्धनको निमित्त टोक्योमा मात्रै हुदै आएको नेपाल फेस्टिवललाई जापानको दोस्रो ठूलो सहर ओसाकामा पनि गरिनेछ जसले जापानमा नेपाली समान र बिबिध बिषयहरुको जानकारी जापानी माझ पनि गराउदै नेपालको पर्यटन प्रबर्दनमा टेवा पुग्नेछ । यसको लागि नेपाल सरकार,नेपाल पर्यटन बोर्ड,जापान सरकार र जापानमा बिशेष गरि कान्साई क्षेत्रमा बिद्यमान संघ संस्थाहरुको सहयोग र सहकार्य गरेर अगाडी बढिनेछ ।
स्वास्थ्य शिविरको संचालन
भाषागत कठिनाइ र बिबिध समस्याहरुले जापानको हस्पिटलमा उपचार गराउन कठिनता भोग्नु भएका नेपालीहरुलाई र विभिन्न मानसिक सामाजिक र बिबिध रोगहरुबाट पीडितहरुलाई लक्षित गरि जापानमै मेडिकल क्षेत्रमा बिज्ञता भएका नेपाली डाक्टरहरुको संलग्नता र सहयोगमा समय अनुकूल पार्दै स्वास्थ्य शिविरको आयोजन गरिनेछ ।
कुक भिषा
नेपालदेखि बिबिध सपनाहरु सजाएर जापान आएपछि पनि काम नपाएर बेरोजगार हुनु पर्ने समस्या,रेष्टुरेन्ट मालिक हरुबाट आबस्यक न्युनतम सुबिधा र तलब नपाईने समस्या,भिसा परिबर्तन गर्ने बेलामा आईपर्ने भाषिक लगयत अन्य समस्या।केहि बिकल्प नलागेपछि शरणार्थी हुन पाउँ भनि भिषा आवेदन दिनु पर्ने अबस्थाको समस्या ,मानसिक तनाब लगायतको समस्या ।
स्टुडेन्ट भिषा
नेपालबाट आउने बित्तिकै बस्ने कोठा खोज्ने क्रममा उत्पन्न कठिनाइ, काम नपाउने समस्या ,भास्य बिद्यालयको समाप्तिपछि उपयुक्त सेन्मोन गाक्कोउ तथा बिश्वबिद्यालय खोज्न नसक्दा आइपर्ने कठिनाइ,अध्यन पुरा गरेपछि, स्युस्योकुको सवालमा देखिने समस्या केहि बिकल्प नलागेपछि शरणार्थी हुन पाउँ भनि भिषा आवेदन दिनु पर्ने अबस्थाको समस्या, मानसिक तनाब लगायतको समस्या । जापानमा बिबिध सपना देखेर बिद्यार्थीहरुको उज्ज्वल भबिस्यलाई लक्षित गर्दै विभिन्न किसिमका सैक्षिक जानकारीहरु भरिएका सेमिनार लगायत प्रतिभा प्रस्फुटन कार्यक्रम हरुको आयोजना गरिनेछ ।
डिपेण्डेन्ट भिषा
भाषिक अभावका कारण बेरोजगार हुनु पर्ने समस्या,आफ्नो भिषाले कानुनत काम गर्न पाउँने समयावधिको ज्ञान नहुदा जापान ईमिग्रेशन बाट पक्राउ परि डिपोर्ट हुनु पर्ने स्थिति आउदा उत्पन्न समस्या लगायत बिबिध समस्याहरूलाई समाधान गर्न र खान्साईमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरूलाई एकताबद्द बनाई अगाडी बढ्न र नेपाल र नेपालीलाई भईपरि आउने समस्या र बिपदमा सम्पूर्ण खान्साईवासी नेपालीलाई एउटा शुत्रमा बाँध्न अहोरात्र केन्द्रिय समिति आइसीसी र कान्साइमा बिद्यमान संघसंस्था हरुसंग समन्वय, एनआरएनए जापान केन्द्रिय समिति,अन्तरास्ट्रिय समन्वय समिति,जापानमा बिशेष गरी कान्साई क्षेत्रमा सक्रिय नेपाली संघसंस्थाहरु र नेपालको हितमा काम गरीरहेका जापान संघसंस्था हरुसंग सहकार्य गर्दै राष्ट्रिय हित र यहाँको नेपाली समाजको हित तथा प्रबर्दनको लागि अगाडी बढिनेछ । यसको लागि कान्साईमा सक्रिय संघसंस्थाहरुको भेला राखी एनआरएनए कान्साइको नेतृत्वमा एउटा सामुहिक समुहको निर्माण गरिनेछ जसले कान्साईबासी नेपाली लगायतलाइ यहाको एकता दर्शाउन सहयोग पुग्नेछ ।
यस्तै यस्तै अन्य धेरै बिबिध कुराहरु हुन सक्छन जो म एक्लैलाइ कतिपय थाहा नभएको पनि हुन सक्छ, यदि हाम्रो देश समाज र राष्ट्रियहितका कुनै योजना र विचार कसैसँग भएमा त्यसलाई पनि सकारत्मक रुपमा लिदै सम्पूर्णको हित गर्ने र पारदर्शीरुपी एनआरएनको विकास गर्दै अगाडी बढ्ने प्रण गर्दछु ।’

वि.सं.२०७४ असार २५ आइतवार १०:३० मा प्रकाशित

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...