back
CTIZAN AD

संरक्षणको अभावमा गोल्डेन गेट कुरुप बन्दै

वि.सं.२०७४ असार २८ बुधवार

798 

shares

golden

 २८ असार, भक्तपुर । भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट)मा रहेको कलात्मक मूर्ति कुरुप बन्दै गएको छ ।

मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा सिन्दूर अबिर लगाउँदा मूर्ति खिइएर प्वाल परेपछि मूर्ति कुरुप बनेको हो ।

गोल्डेन गेटको दायाँबायाँ रहेको कलात्मक मूर्तिले ढोकाको सुन्दरता झल्काउने गरेको छ । ढोकाको दायाँबायाँ रहेको भैरव र कालीको मूर्तिमा प्वाल परेसँगै गोल्डेन गेटको सुन्दरतामा समेत कमी आउन थालेको छ ।

ढोकाको दायाँबायाँ गणेश, कुमार, तलेजुलगायतका देवीदेवताको मूर्ति रहेका छन् । मल्लकालीन गोल्डेन गेट नेपालकै नमूनाका रुपमा रहेको छ । एक सय वर्ष भन्दा बढी समय लगाएर बनाएको गोल्डेन गेट विश्व प्रसिद्ध रहेको छ ।

यो गेट मल्ल राजा जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्ल गरी चार पुस्ता लगाएर बनाएको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

दरबार स्क्वार परिसरमा रहेको गोल्डेन गेटमा रहेको मूर्ति संरक्षणको अभावमा दिन प्रतिदिन कुरुप बन्दै गइरहेको छ । धातुले निर्माण गरिएका गोल्डेन गेटका मूर्ति मात्र होइन, दरबार स्क्वायर परिसरमा रहेको यक्षेश्वर महादेव, नरसिंह, तलेजु मन्दिरभित्र रहेका ढुङ्गाका मूर्तिसमेत खिएर कुरुप बन्दै गइरहेको छ ।

संस्कृतिकर्मी धौभडेलकाअनुसार हाम्रो परम्पराअनुसार भगवान्लाई पूजा गर्दा स्पर्श गरेर पूजा गर्ने प्रचलनले मूर्ति प्वाल परेको हो । पूजा गर्ने क्रममा जल चढाएर अबीर लगाउँदा अबीरमा भएको विभिन्न रसायनले मूर्ति खिइएको र त्यसैले प्वाल पर्न थालेको उहाँको भनाइ रहेको छ ।

उहाँले ऐतिहासिक एवम् पुरातात्विक महत्वका कलात्मक मूर्ति तथा सम्पदा संरक्षणका सम्बन्धित निकायले तुरुन्तै ध्यान पु¥याउनुका साथै समयमै यसको जीर्णोद्धार गर्नुपर्नेमा जोड दिनुभयो । मूर्तिमा पूजा नगर्नुभन्दा कसैको धार्मिक आस्थामा चोट पर्न सक्ने हुँदा त्यसतर्फ पनि गम्भीर हुनुपर्ने भन्दै उहाँले भगवान्प्रति आस्था राख्नेले पनि मूर्तिको महत्व बुझी कसरी त्यसको संरक्षण गर्न सकिन्छ त्यही आधारमा पूजा गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरभित्र अवलोकनका लागि आउने पर्यटकका लागि गोल्डेन गेट आकर्षणको केन्द्र बन्दै आइरहेको छ । पछिल्लो समयमा मूर्तिमा प्वाल परेर कुरुप देखिएपछि पर्यटकले समेत गोल्डेन गेटको सुन्दरता हराएको प्रतिक्रिया दिन थालेको पर्यटक पथप्रदर्शक काशिम शाहले बताउनुभयो ।

उहाँकाअनुसार पर्यटकले समेत ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदाको संरक्षण गर्नुपर्ने सल्लाह सुझाव दिने गरेको छ । हालै बङ्गलादेशबाट आएका एक दम्पतीले नपाले शुल्क भने लिने तर सम्पदाको संरक्षणमा चासो नदिएको भनी गुनासोसमेत गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी अर्का पथ प्रदर्शक राम सिलाकारले गोल्डेन गेटमा रहेको मूर्तिमा प्वाल परेको सम्बन्धमा पर्यटकले जिज्ञासा राख्ने गरेको बताउनुभयो । सिलाकारले अवलोकनका लागि आउनेप्रति पर्यटकले १५ डलर तिरेर आएअनुसार चित्त नबुझाएको पाएको बताउनुभयो ।

दरबार स्क्वायर परिसरमा भेटिएका चाइनिज पर्यटक ह्वाङ हान र लि हानले गोल्डेन गेटको मूर्तिको प्वालले गेट नराम्रो देखिएको भन्दै सकेसम्म चाँडै यसको संरक्षण गर्नुपर्ने सल्लाह दिनुभयो ।

भक्तपुरको ऐतिहासिक सम्पदा अवलोकनका लागि भक्तपुर नगरप्रवेश गर्ने पर्यटकले १५ डलर शुल्क तिर्नु पर्दछ । पर्यटकको अकार्षणको केन्द्रबिन्दुको रुपमा रहेको विश्व सम्पदामा सूचीकृत गोल्डेन गेटको संरक्षणमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

सम्पदा संरक्षणको जिम्मा पाएको दरबार हेरचाह तथा संरक्षण कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकाले भूकम्पले क्षति पु¥याएका सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा केन्द्रित हुनुपरेकाले तत्काल गोल्डेन गेटको मूर्ति मर्मत गर्ने योजना नभएको जनाएको छ ।

भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले पुरातत्वबाट अहिलेसम्म गोल्डेन गेटको सम्बन्धमा कुनै आदेश नआएको जानकारी दिनुभयो । सम्पदा संरक्षणसम्बन्धी पहिलो दायित्व दरबार हेरचाह कार्यालयको भएकाले नपा स्वयम्ले कुनै कार्य गर्न नमिल्ने बताउँदै उहाँले उताबाट आदेश आएको अवस्थामा नपाले तत्काल त्यसको संरक्षणका लागि बजेट छुट्याइ काम गर्ने बताउनुभयो ।

उता दरबार हेरचाह तथा संरक्षण कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले गोल्डेन गेटको संरक्षणका लागि अहिले कुनै कार्यक्रम नभएको जानकारी दिनुभयो । उहाँले भूकम्पले क्षति पु¥याएको सम्पदा संरक्षण र पुनःनिमार्ण कार्यमा व्यस्त रहेकाले त्यतातिर ध्यान नपुगेको बताउनुभयो । रासस

वि.सं.२०७४ असार २८ बुधवार ०८:४० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...