back
CTIZAN AD

ललितपुर मनपाको रु तीनअर्ब २३ करोड बजेट प्रस्ताव

वि.सं.२०७४ असार ३१ शनिवार

1K 

shares

३१ असार,ललितपुर  । ललितपुर महानगरपालिकाले आव २०७४/७५ का लागि रु तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ ।

आज यहाँ आयोजना भएको ‘आर्थिक वर्ष २०७४/७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताउनुभयो ।

चालूतर्फ रु ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ रु दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ ।

परिषद्ले आन्तरिक आय रु एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट रु एक अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट रु छ करोड आय हुने अनुमान गरिएको छ ।

गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट रु २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म रु ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९.८० प्रतिशत बढी हो ।

सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो – “दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको छ ।” बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उहाँ बताउनुहुन्छ ।

श्रम तथा रोजगार मन्त्री फरमुल्हा मन्सुरले जनताको विकासको चाहना धेरै भएको बताउनुभयो । उहाँले सबै दललाई समेटेर अघि बढ्नुपर्ने बताउँदै प्रदेश नं २ को निर्वाचन असोजमै गर्ने सरकारको तयारी रहेको जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्र श्रेष्ठले लामो समयसम्म जनप्रतिनिधि नहुँदा स्थानीय निकाय कर्मचारी र दलीय प्रतिनिधिले चलाएको बताउनुभयो ।

ललितपुर उपमहानगरपालिकाका पूर्व प्रमुख बेखामान शाक्यले जनताको करको सदुपयोग गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले कतिपय कार्यक्रम उपमहानगरपालिका हुँदादेखि शुरु भएका र कतिपय नयाँ भएको बताउनुभयो ।

महालक्ष्मी नपाको रु ४० करोड २५ लाख 

यसैगरी, महालक्ष्मी नगरपालिकाले आव २०७४÷७५ का लागि आन्तरिक र बाह्य गरेर कुल रु ४० करोड २५ लाख २८ हजारको बजेट प्रस्ताव गरेको छ ।

आज यहाँ आयोजना भएको प्रथम नगरसभाको बजेट, योजना, तथा नीति सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले चालू खर्च रु सात करोड ४४ लाख ५० हजार र पूँजिगततर्फ रु २२ करोड ४३ लाख ४४ हजार प्रस्ताव गरिएको बताउनुभयो ।

आन्तरिक आयतर्फ रु नौ करोड ४८ लाख ५० हजार रहेको छ । नगरपालिकाले सार्वजनिक निर्माणमा रु १० करोड ९५ लाख ८४ हजार विनियोजन गरेको छ जसमा वडास्तरीय कार्यक्रमका लागि रु सात करोड ५० लाख र नगरस्तरीय कार्यक्रमका लागि रु तीन करोड ४५ लाख ८४ हजार विनियोजन गरेको छ ।

नगर प्रमुख श्रेष्ठले आगामी पाँच वर्षमा नगरपालिका र वडा कार्यालयको भवन निर्माणमा जोड दिइने बताउनुभयो । उहाँले भन्नुभयो – “यससँगै सडकको निर्माण, रंगशाला, सभागृह, पर्यटन पूर्वाधारलगायतका विकासमा जोड दिइनेछ ।” कृषिको पकेट क्षेत्र बनाउने, प्रविधिको प्रयोग बढाउने, संस्कृति संरक्षणलगायतका क्षेत्रमा कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले अहिले जनप्रतिनिधि मात्रै नभएर स्थानीय तहमा नै सरकार पाएको बताउनुभयो । उहाँले भन्नुभयो – “हिजो केन्द्रमा मात्रै सरकार थियो भने नयाँ व्यवस्थाअनुसार स्थानीय तहमा सरकारको प्रत्याभूति गर्न सकिनेछ ।” कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा नगरपालिकाले गुरुयोजना बनाएर लागू गर्नुपर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष ओलीले पछाडि परेका समुदायलाई अघि बढाउने कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो । प्रमुख, उपप्रमुखलगायत नगरपालिका र वडाका पदाधिकारीले सबैसँगको सहकार्यमा विकासको योजना बनाउने र लागू गर्नुपर्ने आवश्यकता उहाँले औँलाउनुभयो । उहाँले भन्नुभयो – “समावेशिता र सहकार्यलाई संयुक्त राष्ट्रसङ्घले विकास लक्ष्यमा राखेको छ ।”

नगरपालिकाका उपप्रमुख सुशीला थापाले नगरलाई सुन्दर र समृद्ध बनाउँदै लैजान सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सभासद्हरु सिद्धिलाल सिंह, चन्द्र महर्जनलगायतले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । रासस

वि.सं.२०७४ असार ३१ शनिवार १३:५६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...