back
CTIZAN AD

गुप्तेश्वर गुफामा भक्तजनको ओइरो

वि.सं.२०७४ साउन २ सोमवार

708 

shares

gupteshor

२ साउन, फलेवास (पर्वत) । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारसँगै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गुप्तेश्वर गुफामा भक्तजनको घुइँचो लागेको छ ।

आज साउन महिनाको पहिलो सोमबारका अवसरमा बिहानैदेखि दर्शन गर्न आउने भक्तजनको घुइँचो लागेको हो । नेपालकै लामो र भगवान् शिवलाई पति पाऊँ भनी पार्वतीले तपस्या गरेको स्थलका रूपमा परिचित उक्त गुफामा साउन महिनाको आरम्भसँगै लागेको विशेष पूजामा दर्शन गर्ने दर्शनार्थीको घुइँचो लागेको हो । उक्त गुफामा अन्य दिनभन्दा साउन महिनाको सोमबार दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ । अरू दिन करिब ३०० को सङ्ख्यामा पूजाआजा गर्न आए पनि सोमबार भने पाँच हजारभन्दा बढीले दर्शन गर्ने गरेको गुफाका पुजारी ख्यामराज आचार्यले जानकारी दिनुभयो ।

विसं १९९० मा स्थानीय रत्नबहादुर कार्कीले दाउरा–घाँस काट्न जाने बेलामा भालु लुक्ने दुलो भन्दै गुफा पत्ता लगाएका थिए । त्यसैका आधारमा स्थानीय विद्वान र धार्मिक व्यक्तित्वले गुफाको अवलोकन गर्दै जाँदा पार्वतीले शिवजीलाई पति पाऊँ भनी तपस्या बसेको ठाउँ रहेछ भन्ने मान्यताअनुरुप अनुसन्धान गर्दै जाँदा गुफा पत्ता लागेको स्थानीय सरोकारवाला बताउँछन् । गुफाभित्र भगवान् शिवको लिङ्ग तथा दशौँ पाउ, शिवका साथमा रुद्र भगवान्, महाकाली, महालक्ष्मी, सरस्वतीका मूर्ति, शिवलिङ्ग, सरस्वती माताको रुप, शिव पञ्चाङ्ग, नागहरूको मूर्ति, पार्वती र शिवका रुप भएका मूर्ति, भगवान् रामका परिवार भएका मूर्ति, विभूति लगाउने मूर्ति, पाँच पाण्डवका मूर्तिलगायत ३३ कोटी भगवान्का आकृति भएका मूर्ति भएकाले यसलाई धार्मिक रूपमा निकै महत्वपूर्ण स्थलका रूपमा मानिँदै आएको छ ।

पोखरा–बागलुङ राजमार्गदेखि ५०० मिटर तल र पर्वत सदरमुकामको काखमा अवस्थित भए पनि उचित रूपमा प्रचारप्रसारकै अभावमा गुफामा बाह्य पर्यटकलाई भित्र्याउन नसकिए पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको भने आकर्षण बढ्दै गएको छ । गुफाभित्र रहेका मनमोहक देवीदेवताका आकर्षक मूर्तिले दर्शनार्थी तथा पर्यटकको मन तान्ने गरेको छ । गुप्तेश्वर गुफा संरक्षण समितिका अध्यक्ष मानकुमारी गिरीका अनुसार पर्वतलगायत आसपासका जिल्लाका भक्तजन आउने गरे पनि यसको महत्वका हिसाबले जति मात्रामा यहाँ आउनुपर्ने हो त्यति मात्रामा दर्शनार्थी आउन सकेका छैनन् । गत वर्षदेखि गुफाको पुनः निर्माण तथा भौतिक पूर्वाधार निर्माणको कामसमेत धमाधम भइरहेकाले दर्शन गर्न आउने दर्शनार्थीलाई पनि सहज भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

त्यस्तै, बालाचतुदर्शनी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्ति लगायतका चाडपर्वमा विशेष मेला लाग्ने गर्दछ ।

वि.सं.२०७४ साउन २ सोमवार ०६:५४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...