back

एनआरएनए ईक्वेटरियल गेनियाको अध्यक्षमा कृष्ण चन्द्र सेढाई

वि.सं.२०७४ साउन ४ बुधवार

627 

shares
GLOBAL IME AD
NTC AD

sedhaiमध्य पश्चिम अफ्रीका महादेशको ईक्वेटरियल गेनियामा रहेको बाटा शहरमा गैर आवासिय नेपााली संघ ईक्वेटरियल गेनियामा राष्ट्रिय समन्वय परिषदको प्रथम महाधिबेशन संम्पन्न भएको छ । यस महाधिवेशनले कृष्ण चन्द्र सेढाईको अध्यक्षतामा नौ सदस्यको नयां कार्य समिति दुई बर्षको लागी निर्विरोध चयन गरेको छ ।
जसको उपाध्यक्ष कमल गौतम, सचिव बिष्णु हरी सेढाइ, कोषाध्यक्ष राज कुमार के।सि।,सदस्यहरु सुमन बि.के., मान बहादुर कार्की लव कुमार थपलिया, दुतराज लामा, र अनिस ल्वागुण लाई निर्विरोध चयन गरिएको थियो । सभाले निवर्तमान अध्यक्ष सन्त बहादुर बिष्टलाई गैर आवासिय नेपााली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा ईक्वेटरियल गेनियाको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुको उपस्थिति थियो । गैर आवासिय नेपाली संघ ईक्वेटरियल गेनिया राष्ट्रिय समन्वय परिषदको स्थापना करिब एक बर्ष अगाडी २०१६ मार्च मा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको ७३ औं शाखाको रुपमा भएको थियो ।

उक्त सभामा निर्बाचन समितिका संयोजक किशोर शाहले नवनिर्वाचित सदस्यहरुको घोषणा गर्दे निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागी शुभकामना ब्यक्त गरेका थिए । साथै उहांले सो अवसरमा नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएको थियो । चुनावी प्रकृयाको पर्यवेक्षणका लागी सुनिल वि.के.लाई मनोनित गरिएको छ ।

 नव निर्वाचित अध्यक्ष कृष्ण चन्द्र सेढाईले कार्यक्रममा उपस्थित भएर सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै आगामी दिनहरुमा गैर आवासिय नेपाली संघको उद्देश्यहरु प्राप्तीका लागी सबैजना एकजुट भएर अघि बढनुपर्ने बिचार ब्यक्त गरे ।

वि.सं.२०७४ साउन ४ बुधवार ०४:१५ मा प्रकाशित

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ...

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय...

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा...

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...