
जनता बैक नेपाल लिमिटेडले साविकको सिद्धार्थ डेभलपमेन्ट बैक लिमिटेड प्राप्ति गरी मिति २०७४ आषाढ ३० गते देखि एकीकृत कारोबार प्रारम्भ गरेको छ । जनता बैंक नेपाल लिमिटेडको केन्द्रीय कार्यालय सेन्ट्रल विजनेश पार्कमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले एकीकृत कारोबारको शुभारम्भ गर्नुभयो । बैकका अध्यक्ष केशबबहादुर रायमाझीज्यूको सभापतित्वमा भएको उक्त शुभारम्भ कार्यक्रममा जनता बैंक र साविकको सिद्धार्थ डेभलपमेन्ट बैकका संचालकहरु, दुबैं बैंकका शेयर धनीहरु, नियमनकारी निकायका विशिष्ट अतिथिहरु,बैंकर एशोसियसन तथा विकास बैंक एशोसियसनका अध्यक्षहरु, विभिन्न बैंक तथा विमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरु, उद्योगी व्यवसायीहरु, बैंकका सेवाग्राही, पत्रकार तथा अन्य शुभचिन्तक समेतको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले बैंकले मुलुकका विभिन्न दुरदराजमा रहेका स्थानहरुमा बैंकको पहुँच पु¥याइ विशिष्ट सेवाका साथ जनता बैंकले नेपाली जनतालाई सेवाप्रदान गर्न सफल रहोस् भनी शुभकामना दिनुभयो । बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन कायम राख्दै मुलुकका शहरी तथा ग्रामीण क्षेत्रमा आधुनिक एवं उत्कृष्ट बैंकिङ्ग सेवाप्रदान गरी देश विकासको अभियानमा थप योगदान प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । साविक सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले बैंकको पूँजीगत आधार सुदृढ गर्दै आधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाप्रदान गरी जनता बैंकलाई नेपालको एक अग्रणी बैंकको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनु भयो ।
साथै, बैंकका कार्यकारी प्रमुख परशुराम कुँबर क्षेत्रीले बैंक आगामी दिनमा ग्राहक वर्गहरुलाई आधुनिक बैंकिङ्ग प्रणाली मार्फत उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता व्यक्तगर्दै बैंक अझविस्तारित, सबल र विश्वसनीय बनेको बताउनु भयो । उक्त कार्यक्रममा बैंकर एशोसियसनका अध्यक्ष अनिल केशरी शाह, डेभलपमेन्ट एशोसियसनका अध्यक्ष भरतराज ढकालले बैंकलाई शुभकामना दिनुभएको थियो ।
सिद्धार्थ डेभलपमेन्ट बैक प्राप्ति पश्चात जनता बैक नेपाल लिमिटेडको चुक्ता पुँजीकरीब रु.७ अर्ब पुगेको छ भने बैंकको निक्षेप परिचालन करीब रु. ५०अर्ब र कर्जा रु. ४५ अर्ब पुगेको छ । पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म देशका सहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ११३ वटा शाखाहरु, १८ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्याकरीब ५ लाख रहेको छ ।
वि.सं.२०७४ साउन ४ बुधवार ०४:३४ मा प्रकाशित





























