back
CTIZAN AD

एनआरएनए कतारको अन्तिम आवेदन रिर्पोट २१ जुलाइसम्म आउने

वि.सं.२०७४ साउन ४ बुधवार

885 

shares

nrnaqatarएनआरएनए कतारको सदस्यता आवेदनको अन्तिम रिपोर्ट २१ जुलाई २०१७ मा आउदै छ । आवेदन दिएर बसेका कतारमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतीक्षामा रहेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार च्याप्टरको आवेदनको अन्तिम मिति सम्म ३०५१ जनाको आवेदन परेको थियो । पहिले जस्तो यसपाली सदस्यता लिने प्रमाण नपुगि आवेदन फारम भरेकाहरुका लागी समय थप गरिएको छैन ।

हुन त, विभिन्न पक्षका ब्यक्ति तथा सामाजिक संजालका भित्ताहरुमा खल्तिका पञ्जिकृत सदस्यहरु बनेको कुराहरु आईरहेको छ । खल्तिका पार्सद गराउदको अवस्था हामीले एनसीसीका विभिन्न परिषद भेलामा भएका उपस्थिति देखेका छौ । अबको नेतृत्वले त्यता तिर पनि ध्यान दिन जरुरी छ ।

यसैगरि कतारमा रहेका समाजिक अभियानता तथा समाजिक सस्थामा अगुवाई गरिरहेका ब्यक्तित्वका भनाई अनुसार यो पटक स्वइच्छाले सदस्यता लिनेहरुको समेत कमि छैन ।

स्वइच्छाले सदस्यता लिनेहरुमा सामाजिक अभियानमा लागेका ब्याक्तित्वहरु भएकाले अहिले उनिहरुको मत निर्णायक हुने अनुमान गर्न थालिएको छ ।
आवेदन दिने समयको समाप्तिसंगै कतारको दोहामा एनसिसि कतारको अधिवेशनले माहोल तताएको छ ।

यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका चिर परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आ(आफ्नो उमेदवारी घोषणा गरेका छन् । सुन्नमा आए अनुसार उमेदवारका वास्तविक प्रतिस्पध्रीहरुको उम्मेद्बारी अहिले नआएको जानकारहरु बताउँछन ।

वि.सं.२०७४ साउन ४ बुधवार ०७:३५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...