
६ साउन, काठमाडौँ । अन्तराष्ट्रिय च्याम्पियन्स ट्रफी अन्र्तगत आज विहान भएको म्यान्चेष्टर युनाईटेड र म्यान्चेष्टर सिटीबीचको खेलमा म्यान्चेष्टर युनाईटेड विजयी भएको छ । इङल्यान्डको प्रख्यात सहर म्यान्चेष्टरका यी सहरी प्रतिद्धन्द्धी बीच अमेरिकामा भएको खेलमा जोसे मौरिन्हो प्रशिक्षित म्यान्चेष्टर युनाईटेडले पेप ग्वार्डिओलाको टिम सिटीलाई २ –० गोल अन्तरले हराएको हो ।
अमेरिकाको एनआरजी रंगशालामा भएको खेलमा युनाईटेडका लागि केहि दिन अघि मात्र युनाईटेड आएका रोमेलु लुकाकु तथा मार्कृुस रासफोर्डले गोल गरेका हुन् ।
म्यान्चेष्टर डर्वीमा जित हात पारेसँगै युनाईटेडले ईन्टरनेशनल च्याम्पियन्स ट्रफीमा विजय सुरुवात गरेको छ ।