६ साउन, इनरुवा । सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी रामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भएको हो । शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ । रासस
वि.सं.२०७४ साउन ६ शुक्रवार ०६:५० मा प्रकाशित






























