back
CTIZAN AD

ओखलढुंगा र सिन्धुली जोड्ने झोलुङ्गे पुल निर्माण

वि.सं.२०७४ साउन ९ सोमवार

933 

shares

९ साउन, ओखलढुंगा । ओखलढुंगाको जलकिनी र सिन्धुलीको खाङसाङ जोड्न सुनकोशी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

पुल निर्माणपछि ओखलढुंगाको चम्पादेवी, सुनकोशी गाउँपालिकाका जनतालाई काठमाडौँ, सिन्धुली, उदयपुरलगायत जिल्लामा आवातजावत गर्न सहज भएको छ । पुल सञ्चालनमा आएसँगै त्यस क्षेत्रका किसानलाई आफ्नो खेतबारीमा उत्पादन भएका कृषिजन्य सामग्रीलाई बजारसम्म पु¥याउन सहज भएको छ ।

सस्पेन्सन बृज डिभिजन ललितपुरकोे रु एक करोड ४६ लाखको लागमा निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाइ २८० मिटर रहेको छ । सो पुलको उद्घाटन गर्दै ओखलढुंगा क्षेत्र नं २ का सांसद् रामहरि खतिवडाले पुल निर्माण सम्पन्न भएसँगै ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिकाका जनता प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

उहाँले सांसद विकास कोषबाट जलकिनीदेखि नवलपुरको सडकको ट्र्याक खोल्नको रु १० लाख प्रदान गर्ने घोषणा गर्दै उहाँले नवलपुरमा सिन्धुली र ओखलढुङ्गा जोड्ने पक्की पुल निकट भविश्यमै निर्माण थालनी हुने विश्वास दिलाउनुभयो ।

सुनकोशी नदीमा ओखलढुंगा र सिन्धुली जोड्न थोल्मे–बल्खु, पञ्चकन्या बलखु, नाङ थान–टोक्सेल, नवलपुर–पलापु झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।

सस्पेन्सन बृज डिभिजनका महानिर्देशक जीवनकुमार श्रेष्ठले झोलुङ्गे पुल निर्माणसँगै यहाँका बासिन्दाको जीवनस्तर उकास्ने कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ओखलढुंगाका पूर्वसांसद चन्द्रकान्त दाहाल, मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राई, नेपाली काँग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारलगायतले नवनिर्मित झोलुङ्गे पुलबाट यस क्षेत्रका जनता निकै लाभान्वित हुने बताउनुभयो ।

वि.सं.२०७४ साउन ९ सोमवार ०३:४३ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...