९ साउन, एजेन्सी । स्पेनिश क्लब वार्सिलोनाले लिभरपुलका स्टार फिलिपे काउटिन्हालार्ई किन्न पुन तयारी गर्न थालेको छ । लामो समय देखि किन्ने प्रयास गरेको वार्सिलोनाले पटक पटक मुल्यको प्रस्ताव राख्दा पनि लिभरपुलले अस्विकार गर्दै आएको छ । वार्साले लिभरपुलले काउटिन्होलाई बेचेको खण्डमा अर्का ब्राजिलियन मिडफिल्डर राफिन्हनलाई लिभरपुललाई दिने तथा वार्साले लिभरपुललाई थप ७२ मिलियन पाउन्ड बराबरको रकमको प्रस्ताव राखेकको छ । लिभरपुलले विगतमा राफिन्हालाई किन्न चासो देखाएको थियो ।
वार्साले पेरिस सेन्ट जर्मनका मिडफिल्डर मार्को भेराट्टीलाई किन्न खोजेतापनि पिएसजीले भेराट्टीलाई बेच्न अस्विाकार गरेपश्चात आफ्नो ध्यान पुनः काउटिन्हो तर्फ मोडेको हो । वार्साले कप्तान आन्द्रेस इनिस्टाको प्रतिस्थापनको रुपमा काउटिन्होलाई किन्न खोजेको हो । इनिएस्टाको बढ्दो उमेर सँगै उनको क्षमता खस्कदै गएका छ । वार्साले उनको प्रतिसथापनन भने पाउन सकेको छैन् । गत सिजन आएका आन्द्रेस गोमेसले आशातित प्रर्दशन गर्न सकेका छैनन । तर्सथ वार्साले जुनसुकै हालतमा भएपनि २४ वर्षे काउटिन्होलाई क्याम्प नोउ ल्याउने तयारी गरेको हो ।
वि.सं.२०७४ साउन ९ सोमवार १०:४५ मा प्रकाशित


























