back
CTIZAN AD

पुराना मधेसवादी नेता गुप्ताको निधन

वि.सं.२०७४ साउन १३ शुक्रवार

1.1K 

shares

१३ साउन, कञ्चनपुर, सप्तरी । पुराना मधेसवादी नेता पञ्चुप्रसाद गुप्ताको निधन भएको छ । राजविराज नगरपालिका–७ निवासी ७२ वर्षीय गुप्ता लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । राष्ट्रिय जनता पार्टी निकटका उद्योग मञ्चका केन्द्रीय सदस्य गुप्ताको बुधबार राति निधन भएको परिवारजनले बताए ।

गुप्ताले सो वडाको अध्यक्षको जिम्मेवारीसमेत बहन गर्नुभएको थियो । बिहीबार अन्तिम श्रद्धाञ्जलिका लागि निवासस्थलमै राखिएको उहाँको पार्थिव शरीरमा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, सहमहासचिव जयप्रकाश ठाकुर, केन्द्रीय सदस्यद्वय दीपेन्द्र चौधरी, विशेश्वर रजक, जिल्ला संयोजक सुनिलकुमार झा लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

बिहीबारै उहाँको सप्तकोशी किनारमा अन्त्येष्टि गरिएको छ । जेठा छोरा सुरेशले मुखाग्नी दिनुभएको थियो । यसैबीच, नागरिक सञ्जाल, सप्तरीका अध्यक्ष सुखराम यादव, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोजकुमार माझीले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत गुप्ताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति भगवतीले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्नुभएको छ ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ०३:०९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...