back
CTIZAN AD

मालिका गापाद्वारा घरदैलोमै भत्ता वितरण

वि.सं.२०७४ साउन १३ शुक्रवार

897 

shares

१३ साउन,म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक, दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया शुरु गरिएको हो ।

बिहीबार गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरि शर्मा, वडा नम्बर १ निस्कोटका वडाअध्यक्ष टंक पुन लगायतको उपस्थितिमा निस्कोटका ७१ जना वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।

गाउँमै भत्ता पाउने भएपछि लाभग्राहीलाई गाउँपालिकाको केन्द्र दरबाङ झर्नुपर्ने बाध्यता हटेको छ । गाउँमै भत्ता पाउँदा उनीहरु खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने गाउँपालिकाको निर्णयबमोजिम निस्कोटबाट उक्त कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

अध्यक्ष रोकाले सबै वडामा घरदैलोमै पुगेर सामाजिक सुरक्षाभत्ता प्रदान गरिने बताउनुभयो । उहाँले निस्कोटका साथै रुम, देविस्थान, ओखरबोट, विम लगायतका स्थानमा पनि छिट्टै वितरणको तयारी भएको जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमार्फत रोका गाउँपालिकाको प्रमुखमा चुनिएपछि सामाजिक सुरक्षाभत्तालाई घरदैलोमै वितरण गर्ने पहिलो निर्णय गर्नुभएको थियो । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा वित्तीय सङ्घसंस्थाका पहुँच भएपनि ग्रामिण भेगबाट भत्ता लिन आउँदा खासगरी वृद्धवृद्धालाई बढी समस्या भएको थियो ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ०३:११ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...