back
CTIZAN AD

व्यावसायिक कारोबार गर्नेमा वृद्धि

वि.सं.२०७४ साउन १९ बिहीवार

855 

shares

१९ साउन, सप्तरी । सप्तरी जिल्लालगायत पूर्वाञ्चलमा नापतौलसम्बन्धी इजाजतपत्र लिई व्यावसायिक एवं व्यापारिक कारोबार गर्नेको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार आव २०७३÷०७४ को एक वर्षमा दुई हजार ७६ व्यवसायीलाई कारोबार गर्न इजाजत पत्र दिएको बताइएको छ ।

कार्यालय प्रमुख मनिष दासका अनुसार सो कारोबारका लागि इजाजतपत्र वितरण तथा व्यवसायीमाथिको कारबाहीबाट रु एक करोड १० लाख राजस्वसमेत संकलन भएको छ ।

उक्त कार्यालयले नापतौलमा अनियमितता तथा उपभोक्तालाई ठगी गर्ने सप्तरीलगायत पूर्वाञ्चलका करिब दुई हजार ७०० व्यवसायीलाई कारबाही गरी जरिवाना गरेको छ ।

कार्यालयबाट विशेष तथा नियमित अनुगमनको क्रममा नापतौल इजाजत पत्र नलिने र नवीकरण नगराउनेलाई कारबाही गरिएको प्रमुख दासले भन्नुभयो । पूर्वाञ्चलमा उक्त अवधिमा सात हजार ४०० व्यवसायीले आफ्नो कारोबार गर्नका लागि नापतौल जाँच गराएका थिए ।

सो अवधिमा सप्तरी र सिरहा जिल्लाका दुई दर्जन सुनचाँदी व्यवसायी नापतौल ठगी गर्नेक्रममा कारबाहीमा परेका थिए ।

वि.सं.२०७४ साउन १९ बिहीवार ०६:५० मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६...

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका...