back

पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने

वि.सं.२०७४ साउन २० शुक्रवार

537 

shares

२० साउन, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई बधाई तथा ध्यानाकर्षण गर्ने क्रममा उहाँले खेलाडी र सरकारसँग अन्तरक्रिया गरेर पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने बताउनुभयो ।

मन्त्री केसीले आगामी सन् २०१९ मा घरेलु मैदानमा आयोजना गरिने दक्षिण एसियाली खेलकुद (साग)कै बहाना गरेर भए पनि भौतिक पूर्वाधारको निर्माण गरिने बताउनुभयो । भूकम्पका कारण क्षतविक्षत भौतिक संरचना पुनःनिर्माणका लागि उपकरण अभाव भएको हुँदा तत्काल निर्माण गर्न नसकिने बताउँदै सम्बन्धित निकायसँग सो विषयमा छलफल भइरहेको मन्त्री केसीले जानकारी दिनुभयो ।

संघका अध्यक्ष दीपक श्रेष्ठले भौतिक पूर्वाधारको विकास नभएसम्म खेल क्षेत्रको विकास नहुने बताउनुभयो । संघले खेलाडीका लागि शिक्षा, स्वास्थ्य, बीमा, यातायात तथा भत्ताको व्यवस्थापन गर्नुपर्ने, पदक ल्याउने खेलाडीको वर्गीकरण गरी उनीहरुको व्यवस्थाका लागि छुट्टै नीति ल्याउनुपर्ने, पदक विजेता खेलाडीलाई नियमित भत्ताको व्यवस्था गर्नुपर्नेलगायत विषयमा मन्त्री केसीको ध्यानाकर्षण गराएको थियो ।

संघले स्थानीयस्तरदेखि अन्तरराष्ट्रियस्तरको पहिचान खुल्ने गरी खेलाडी परिचयपत्रको व्यवस्था गर्नुुपर्ने, सागमा पटक पटक पदक जितेका खेलाडीलाई सरकारले व्यवस्था गर्नुपर्नेबारेमा विशेष छलफल गर्न समेत आग्रह गरेको छ ।

वि.सं.२०७४ साउन २० शुक्रवार १२:१३ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...