back

पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने

वि.सं.२०७४ साउन २० शुक्रवार

144 

shares
NTC AD
Global IME AD

२० साउन, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई बधाई तथा ध्यानाकर्षण गर्ने क्रममा उहाँले खेलाडी र सरकारसँग अन्तरक्रिया गरेर पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने बताउनुभयो ।

मन्त्री केसीले आगामी सन् २०१९ मा घरेलु मैदानमा आयोजना गरिने दक्षिण एसियाली खेलकुद (साग)कै बहाना गरेर भए पनि भौतिक पूर्वाधारको निर्माण गरिने बताउनुभयो । भूकम्पका कारण क्षतविक्षत भौतिक संरचना पुनःनिर्माणका लागि उपकरण अभाव भएको हुँदा तत्काल निर्माण गर्न नसकिने बताउँदै सम्बन्धित निकायसँग सो विषयमा छलफल भइरहेको मन्त्री केसीले जानकारी दिनुभयो ।

संघका अध्यक्ष दीपक श्रेष्ठले भौतिक पूर्वाधारको विकास नभएसम्म खेल क्षेत्रको विकास नहुने बताउनुभयो । संघले खेलाडीका लागि शिक्षा, स्वास्थ्य, बीमा, यातायात तथा भत्ताको व्यवस्थापन गर्नुपर्ने, पदक ल्याउने खेलाडीको वर्गीकरण गरी उनीहरुको व्यवस्थाका लागि छुट्टै नीति ल्याउनुपर्ने, पदक विजेता खेलाडीलाई नियमित भत्ताको व्यवस्था गर्नुपर्नेलगायत विषयमा मन्त्री केसीको ध्यानाकर्षण गराएको थियो ।

संघले स्थानीयस्तरदेखि अन्तरराष्ट्रियस्तरको पहिचान खुल्ने गरी खेलाडी परिचयपत्रको व्यवस्था गर्नुुपर्ने, सागमा पटक पटक पदक जितेका खेलाडीलाई सरकारले व्यवस्था गर्नुपर्नेबारेमा विशेष छलफल गर्न समेत आग्रह गरेको छ ।

वि.सं.२०७४ साउन २० शुक्रवार १२:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...