back
CTIZAN AD

तीन बेपत्ता, दुई हजार घर डुबानमा

वि.सं.२०७४ साउन २० शुक्रवार

981 

shares

२० साउन,नवलपरासी  । बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन् ।

तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए । पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए ।
यसैबीच बुधबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका करिब दुई हजार घर डुबानमा परेका छन् । बाढीबाट सदरमुकाम परासीसहित ग्रामीण तथा सीमावर्ती क्षेत्रका चार गाउँपालिकामा बढी क्षति हुन पुगेको छ । अविरल वर्षाका कारण आएको ठूलो बाढीबाट लाखौँको खाद्यान्न बाली नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण परासीका केही भागसहित पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउ‘पालिका प्रभावित भएको प्रहरीले जनाएको छ ।

जिल्लाको पहाडी क्षेत्र हुँदै बगेका झरही, रायपुरवा, खजुरा, भलुही र पानभार खोलाका बाढी ती क्षेत्रमा बसेको बताइएको छ । ग्रामीण क्षेत्रका ती चार गाउँपालिकामा बाढीले पीडितको माटाले बनेका घर र छाप्रामा बढी क्षति पुगेको छ ।

प्रतापुर गाउँपालिकाको बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी, ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था, माधवपुर र गोबरकटवा टोल डुबानमा परेका छन् । सो गाउँपाालिका करिब एक हजार घर डुबानमा परेको प्रारम्भिक अनुमान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ साउन २० शुक्रवार १७:०२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...