back
CTIZAN AD

७३ महिला–बालबालिका भेटिएनन्

वि.सं.२०७४ साउन २१ शनिवार

663 

shares

२१ साउन, सल्यान, । हराएका ७३ महिला तथा बालबालिका अझै भेटिएका छैनन् ।  गत आव २०७३÷७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो । तिनमा ६६ महिला, १४ बालक र १३ बालिका छन् । हराएकामध्ये ५८ महिला, १० बालक र पाँच बालिका नभेटिएको जिप्रका सल्यानले जनाएको छ । हराएको निवेदन परेकामध्ये आठ महिला, चार बालक र आठ बालिका फेला परेको जिप्रकाका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

गरिबी, सामाजिक विभेद, आर्थिक अभावलगायत विभिन्न कारणले गर्दा घर छाडेर जानेको संख्या जिल्लामा बढ्न थालेको छ । महिलाले प्रायः आर्थिक अवस्था कमजोर भएपछि धन कमाउन, श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यसँगको बेमेल तथा घरेलु हिंसामा परेर पनि घर छाडेर जाने गरेको प्रनाउ खत्रीले वताउनुभयो ।

बालबालिका पढ्ने लेख्ने अवसरबाट वञ्चित हुनु, घरपरिवारको माया नपाउनु, साथीसंगीको लहलहै तथा बालविवाह गरेर पनि घर छाडेर जाने गरेका छन् । हराएकाहरुको खोजी प्रहरीले निरन्तर रुपमा गरिरहे पनि उनीहरु सम्पर्कमा आएका छैनन् । “हामीले खोजी कार्य निरन्तर गरिरहेका छौँ, निवेदन दिएका परिवारसँग पनि सम्पर्क गरेका छौँ तर उनीहरु अझै फेला पर्न सकेका छैनन्”, खत्रीले भन्नुभयो ।

हराएका महिलालाई देशका विभिन्न ठाउँबाट बेचबिखन, देहव्यापार, यौनधन्दालगायत क्रियाकलापमा देश बाहिर पठाउन लागेको भनेर कहीँ कतैबाट उद्धार गरेको सूचना तथा यस्तो कुनै पनि जानकारी प्राप्त नभएको खत्रीले बताउनुभयो ।

वि.सं.२०७४ साउन २१ शनिवार ०२:४६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...