back

राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन गर्यो म्याग्दीले

वि.सं.२०७४ साउन २६ बिहीवार

408 

shares
IME Limited
NTC AD

passport२६ साउन, बेनी,म्याग्दी । आर्थिक वर्ष २०७३÷७४ मा राहदानी दस्तुरबाट रु एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ ।

जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट रु दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट रु ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट रु २९ हजार, न्यायिक दस्तुरबाट रु २६ हजार र परीक्षा शुल्कबाट रु आठ हजार संकलन भएको थियो ।

गत आवमा चार हजार ५१ राहदानी सिफारिस भएकामा द्रुत सेवातर्फ एक हजार ४५६ र सामान्यतर्फ दुई हजार ५९५ वटा राहदानी सिफारिस गरिएको थियो । सामान्य राहदानीका लागि प्रतिराहदानीबापत रु पाँच हजार राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने व्यवस्था छ । द्रुत सेवाको राहदानीको दस्तुर परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।

वंशजका आधारमा गत आवमा पाँच हजार ६८ वटा र एउटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको थियो । सङ्घसंस्था दर्ता २३, नवीकरण १८२, मुद्दा दर्ता २८, फस्र्यौट २३ र पत्रिका दर्ता एउटा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०९:२४ मा प्रकाशित

अनेरास्ववियुको अध्यक्षमा डा कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा कडरिया निर्वाचित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा...

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...