back
CTIZAN AD

राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन गर्यो म्याग्दीले

वि.सं.२०७४ साउन २६ बिहीवार

768 

shares

passport२६ साउन, बेनी,म्याग्दी । आर्थिक वर्ष २०७३÷७४ मा राहदानी दस्तुरबाट रु एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ ।

जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट रु दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट रु ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट रु २९ हजार, न्यायिक दस्तुरबाट रु २६ हजार र परीक्षा शुल्कबाट रु आठ हजार संकलन भएको थियो ।

गत आवमा चार हजार ५१ राहदानी सिफारिस भएकामा द्रुत सेवातर्फ एक हजार ४५६ र सामान्यतर्फ दुई हजार ५९५ वटा राहदानी सिफारिस गरिएको थियो । सामान्य राहदानीका लागि प्रतिराहदानीबापत रु पाँच हजार राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने व्यवस्था छ । द्रुत सेवाको राहदानीको दस्तुर परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।

वंशजका आधारमा गत आवमा पाँच हजार ६८ वटा र एउटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको थियो । सङ्घसंस्था दर्ता २३, नवीकरण १८२, मुद्दा दर्ता २८, फस्र्यौट २३ र पत्रिका दर्ता एउटा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०९:२४ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...