नेपाली समाज भित्र एउटा अनौठो भाइरस पसेको छ । समाज रुपान्तरण र परिबर्तन होस भन्ने चाहाना कथित समाजसेविको खोल ओढेर बसेकाहरुको निम्ति परिबर्तन र आम नेपाली श्रमिकहरुको बर्गको आवाज उठाउदा तिनको टाउकोमा १०० किलोको घनले प्रहार गरे झै हुन्छ किन ? अरबको कानुनले दिएको सेवा र सुबिधाको परिधी भित्र रहेर गरेर खाउ नेपालिले नेपाली नठग हामिले भनिरहेका छौ । तर उल्टै आरोप लगाएर समाज सेवाको खोल ओढेर बसेका ब्वासाहरुलाइ यो कुरा पच्दैनन र हजारौ श्रमिकहरुको आवाज उठाउने ब्यक्तिर्लाई छानीछानी उसको रोजिरोटि खोसेर नेपाल फर्काइ दिन्छन वाह क्या गजबको समाजसेवी मानव रुपि दानबहरुको !
सन्दर्भ साउदी अरबको :
मैले २००९ देखि कथित समाजसेविहरुको मानव रुपि दानबिय हर्कतहरु हेर्दैछु जबकी म साउदी अरबमा थिय । २००७ मा बिधिबध रुपमा स्थापना भएको संगठन नेपाली जनप्रगतिशिल मन्चको नेतृत्व तहमा बसेर श्रमिकहरुले पाएको समस्या संग निरन्तर सामधान गर्न लागि परे, त्यसैक्रममा हामिले गरेको कार्यलार्इ मिडियाबाट प्रचारप्रसार गर्दा अनलाइन खबर संचालन गरेका पुर्ण बि क र राजेश रमण कर्ण नेपाल डिपोट गरिए । मरेका श्रमिकको इन्स्योरेन्सबाट आएको पैसा खाएका राजदुत हमिद अन्सारिले त्यहा भित्रको मानव तस्करिहरुको नेतृत्वमा डिपोट गरेका थिइ । हामीलाई तर्साउन राजदुत प्रमुख हमिद अन्सारीको कार्य र मानव तस्करिको बिरुद्ध हामी डटेर लड्यौ, जमेर लड्यौ । तिनको भण्डाफोर गर्यौ । हाम्रो संघर्ष नेपाली मानव तस्करहरुको बिचको संघर्ष थियो ।
साउदी अरबमा सामाजिक संस्थाबाट उदाएका होनहार समाजसेवी अल बदर कम्पनिमा कार्यरत इन्जिनियर मित्र एबं उहालाइ म नजिकबाट सम्मान गर्न चाहान्छु उहाँ हुनुहुन्छ मित्र धर्म के सि । म यति बेला मरुभूमिबाट एउटा इमान्दार ब्यक्तीलाई सलुट गर्न चाहान्छु उहालाइ हामी कम्पनिको काम सके पछि आधा रात पनि भन्दिन थियो। उहाले नेतृत्व गर्नु भएको संस्था र मैले नेतृत्व गरेको संगठन आकाश जमिनको फरक थियो। यस अर्थमा उहाले गैरआबशिय नेपाली संघ र मैले नेपाली जनप्रगतिशिल मन्च साउदी अरेबिया तर हाम्रो कार्यगत एकता श्रमिकबर्गको पक्षमा मिल्यो । हामी संगठानिक रुपमा उहाँ ब्यक्तिगत रुपमा लड्नु हुन्थ्यो तर समाचार प्रकाशन गर्दा संस्थाको नाम दिनु हुन्थ्यो । उहा कहिल्यै पनि ब्यक्तिबादी चिन्तन तिर उन्मुख हुनुभएन, जति पनि कार्य गर्नुभयो उहाँ र हामिले मिलेर गर्यौ । सबै उहाले नेतृत्व गर्नु भएको काम कार्बाहिहरु संस्थाको नाम र हामिले नेतृत्व गरेको संगठनको नाम जोडिएर समाचार प्रकाशन गर्नु हुन्थ्यो । यसो गर्दा उहाको संस्था भित्र रहेका अन्य सहयात्रीहरु मुर्मुरिन्थे । जति बेला पनि अबिस्वासको प्रस्ताब ल्याउँथे तर हाम्रो पनि संगठन भित्र बलियो पकड भएको हुदा मुरमुरिने साथिहरु फेरि शिथिल भएर फर्कन्थे ।हामी बिचमा पनि पर्ने गर्थ्यो उहाँको र हाम्रो प्रहार, गैर आबशिय नेपाली संघको नेतृत्व उहाले लिने बेलामा उहाले भन्नूभएको थियो राजनैतिक टोपी खोलेर आउनु भन्दा हामिले त्यहा भित्र रहेका हाम्रो सदस्यलाइ फिर्ता बोलाउने निर्णय गरेर पत्र पठाएका थियौ । फेरि हामी बिच पटक पट्क बस्यौ र श्रमिकको पक्षमा मिलेर आवाज उठाउने बिषयमा सहमती गर्दै हाम्रो कार्यगत एकता कायम गरियो र उहाँ दृढता पुर्बक लाग्नु भयो ।
सर्बप्रथम हामि आस्थावान संग मात्रै हैन , समाज परिबर्तनको निम्ति आवाज उठाउने, हामी भन्दा फरक आस्था बोकेर हिडेका साथिलाइ पनि सम्मान गर्न जानेका छौ । गैर आबशिय नेपाली समाज साउदी अरेबिया र नेपालि जनप्रगतिशिल मन्चको नेतृत्व र कार्यगत एकताको कार्यकालमा थुप्रै श्रमिक महिला र पुरुषहरुको उद्धार भएको थियो । हामि संग सहकार्य र संयुक्त रुपमा श्रमिकहरुका आवाजहरु बुलन्द गर्दा उहाले पनि डिपोटको मानसिक तनाब खेप्नु परेको थियो ।
यति बेला हाम्रो सामु हुहुनुहुन्न, संसा बाट बिदा लिएर जानु भयो । तामाङ समाजको अध्यक्ष , नेपाली जनप्रगतिशिल मन्च साउदिका केन्द्रिय सदस्य एबं सास्कृतिक बिभाग प्रमुख भक्त लामा जि पनि सिकार हुनु भयो । एनआरएनए भित्रको मानब तस्करको बिरुद्ध आवाज उठाउदा उहालाइ कम्पनीमा फोन गरि कसैलाइ थाहा नदिकन नेपाल पठाएको रहेछ, पछि रहस्य थाहा भयो ।
समाजसेवीको अर्थ समाजमा देखिएको गलत संस्कार गलत प्रबृतिलाइ पन्छाउदै एउटा नमुना रुपि समाज निर्माण गर्ने दिर्घकालिन रुपमा तर अल्पकालिन रुपमा सबै नेपाली जनताको सामाजिक नेतृत्व लिदै घटेका घटनालाइ उजागर गर्दै मानबिय सहयोगको निम्ति अपिल गर्ने नै हो । यसको अलवा अरु के हि हैन बिडम्बना अहिले त्यसको ठिक उल्टो भैरहेको छ ।
खाडि मुलुकमा सामाजिक संस्थामा बसेर नेतृत्व गरिरहेका आम नेपालिहरुले साउदी अरबमा कार्यरत इमान्दार प्रबुद्ध र बौद्धिक ब्यक्ती मेरो पुर्ब सहयात्री र श्रमिकहरुको मुक्तिको निम्ति आवाज उठाउने आदरणीय धर्म के सि सर लाई भब्यरुपमा सम्मान गर्न सक्नु पर्थ्यो तर त्यसो यसलाई बिड्म्बनाको रुपमा मान्छु ।यस अर्थमा उहा निरन्तर जागरुक भएर एनआरएनए भित्र श्रमिकको समस्यामा जोड दिन अहम भुमिका निर्बाह गर्नुभएको हो । नत्र एनआरएनए मध्ये खाडिमा श्रमिकको बिषयमा आवाज उठाउने कोहि पनि थिएन र छैन ।
आम खाडिमा बसोबास गर्दै आएको नेपालि युवाहरुको निम्ति आफ्नो रोजिरोटी धरापमा राख्दै बिशेष पहल कदमी उठाएको ईतिहास हामी सामु सर्बबिधित नै छ ।
उहाको यस कदमलार्इ अरुले मुल्यांकन गरून् या नगरुन म उहाको योगदानको उच्च मुल्यांकन गर्दछु ।पछिल्लो समय सम्म पनि उहाको बिरुद्धमा एउटा गजबको प्रपन्च रचेको रहेछ । मेरो सहयात्री मित्रलार्इ दुताबास भित्रबाट जे जति चाहिन्छ र जस्तोसुकै सहयोग चाहिन्छ दिन्छु भन्दै धर्म केसिलाई डिपोट गर्न लिखितम हस्ताक्षर मागेको खुलासा भयो । मेरो सहयात्री मित्रले प्रलोभनमा नपार्न आग्रह गरे पछि निबर्तमान राजदुत उदयराज पाण्डे लगायत नेपाली राजदुताबासमा कार्यरत नेपालिको सहयोगार्थ दुताबासले खटाइएको केहि कर्मचारिको योजना तुहिएको थियो । म, मेरो सहयात्रीप्रती पनि सम्मान गर्न चाहान्छु । उहाँ प्रलोभनमा पर्नुभएन र संगठनको मर्म र सिद्धान्तलाई आत्मासात गर्दै बिगतको इतिहासलार्इ जोगाउने कार्य गर्नुभएको छ । संयोगले आज पनि उहाँ हामी बिच नै हुनुहुन्छ । संगै एउटै कार्यक्षेत्रमा कार्यरत छौ ।
सन्दर्भ कतार :
मैले साउदी अरब छोडे नेपाल फर्किय । फेरि रोजगारिको स्थल वा कार्य क्षेत्र कतारलाई चुने र म कतार आइ पुगे । राजनीतिक आस्थाको व्यक्ति भएको हुनाले मलाइ साथिहरुले फेरि जोडेर काम गर्नको निम्ति जोड दिनुभयो र म पुनः जोडे । यता कतारको हालत पनि उस्तै देखे मिनि नेपाल भनेर चिनिने कतारमा नेपालि श्रमिकहरुको अवस्था, न्यून तलबमा कार्यरत श्रमिकहरुको अवस्था अझै गम्भीर तरिकाले नजिक भएर काम गर्ने मौका पायौँ । लाखौ मजदुरहरुको पिडामा मल्हम लगाउन हामी लागिरहेका थियौ ।
नेपाली जनप्रगतिशिल मन्च कतारमा आफ्नो रोजिरोटी गर्दै कम्पनिमा काम गर्दै आउनु भएका प्रगतिशिल बिचारका सहयात्री मित्र दिपक भेटुवाल जि माथी शिकारिले सिकार झम्टे झै झम्टिइन राजदुत मायाकुमारी शर्माले तर त्यसको प्रतिरोध गर्न हामी सफल भयौ । त्यसको ठिक केहि दिन अगाडि नेपाली जनप्रगतिशिल मन्चका सल्लाहकार सदस्य राजु डुम्रे जिलाइ विभिन्न बहाना लगाएर कतारमा नै फसाउने प्रपन्च रचिएको थियो तिनको पुरै योजना तुहिय पछि राजदुत माया कुमारी शर्मालाइ झम्टेका थिए । आखिर हामी राजनैतिक रुपमा पोख्त सिपाहिहरुलार्इ तिनको हावाले पनि छुन सकिएन सबै योजना क्रमबद्ध फेल गराउदै हामी र हाम्रो संगठनलाइ रक्षात्मक दिशामा अबतरण गर्न बाध्य बनायौँ । त्यही अवस्थामा पनि हामी चुप लागेर बसेनौ हाम्रो कर्तब्य श्रमिकको बगेको पसिना पुछ्नु थियो खाडिमा बगेको नेपालिको आशुलाइ नेपालमा बगाउन नेपाल उद्धार गर्नु पर्ने थियो । धनकुटाको एक जना भाइको अवस्था देखेर मैले पोष्ट गरेको लेख प्रती आपती जनाउदै कतारमा एक ब्यबशायिले म माथी पनि नेपाली राजदुताबासमा बिन्ती पत्र चढाएका रहेछन र मलाइ उपस्थिती गराइयो मानहानिको केसमा । तर दुताबास भित्रको कर्मचारिहरुले सबै घटनाक्रमलाइ नियालेर श्रमिकको आवाज उठाएको सहि र सान्दार्भिक रहेको जनाउदै ब्यबशायिलाइ अब बाकी रहेको श्रमिकलाइ यस्तो व्यवहार नगर्न भनेर उहालाइ सम्झायो । म लगायत मेरो स्टाटसमा कमेण्ट गर्नेलाइ यदि त्यस्तो देखियमा तुरुन्त हामिलाइ खबर गर्न आबश्यक सल्लाह र सुझाब दिदै अभिभाबकत्वको जिम्मेवारी निभाउनु भएको थियो । म गर्व गर्दछु यस्ता कर्मचारी हामि श्रमिकले सदैब पाइरहोस ।
सन्दर्भ दुबई :
भर्खरैको ताजा घटना हो । दुबइमा कुनै एक ब्यबशायिले नेपालबाट युवाहरुलाइ प्रलोभनमा पारी आजाद भिषा भन्दै ठुलो सपना देखाउदै ठूलो रकम असुली युवाहरुलाइ फसाएको काण्ड सनसनी पुर्ण रुपमा भाइरल भयो । श्रमिकलाइ बेहाल बनाउने लाई राज्यको तहबाट कार्बाहि हुदैन हाम्रो राज्य र सरकारको प्रतिनिधि भनेको दुताबास हो । हामी लाखौ मजदुरहरुले दिएको करले तलब र भत्ता र सुबिधा लिन्छ तर काम एक समाजलाइ कलंक गर्ने मान्छेलाइ बेचेर ऐयासी जीवन बिताउने दलालहरुको प्रलोभनमा परि दुताबासका कर्मचारीले उल्टै दलालहरुको वकालत र बचाउ गर्छन यो कस्तो खालको नेपाल सरकारको लज्जास्पद नीति र कानुन हो रु यदि यो काण्डमा जसले श्रमिक को आवाज उठायो त्यो ब्यक्ती सायद डिपोटको सिकार हुनेछन । त्यो सहर्ष स्विकार्दै मानबिय हरायको दानबिय कालो मन भएका हरु संग नेपाली जनप्रगतिशिल मन्चका नेतृत्वबर्गहरु पनि पैठजोरि खेल्दैछ्न ।
सन्दर्भ कुवेत :
कुवेतमा कार्यरत हाम्रो संगठनको नेतृत्व दावा छिरिङ तामाङलाइ पनि त्यहाका मानव तस्करिहरुले ठूलो षड्यन्त्र रचेर नेपाल डिपोट गर्न खेल खेलेको सुचना पायौँ । यस्तो अत्यन्तै दुख लाग्दो र घृणित कार्य जसले जसरी घटायो यसको बिरुद्ध श्रमिकहरु एक जुट हुने छौ ।
अन्याय र अत्यचारको विरुद्ध आवाज उठाउदा बिभिन्न तबरले फसाउने काम अन्यायनै हो र अत्याचार पनि हो यसको विरुद्ध जन्म कुण्डली बनाइ सकेको हुदा जति दबाउन सक्छौ दबाउ, हाम्रो चेलिहरुको चीत्कार, श्रमिक दाजुभाइहरुको आशु र मनमा लागेको चोटमा मल्हम लगाउदा के बिगारेका थिय दावा छिरिङले । बडो माया र दया जागेर आउँछ कुवेतमा अवस्थित त्यहाका समाज सेवि भनाउदाहरु को निरीह मुहार देखेर लज्जास्पद हुनु पर्ने हो कतिन्जेल साथ दिन्छौ चुप चाप सहेर मानव तस्करिहरुको बिरुद्धमा प्रश्न छ मेरो तपाइहरुलार्इ र कुवेतका समाज सेविहरुलाइ ।
(सम्प्रेषित लेख लेखकको निजी विचार हुन् )
वि.सं.२०७४ साउन ३० सोमवार ०४:१९ मा प्रकाशित