back
CTIZAN AD

टेलिकमद्वारा कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज

वि.सं.२०७४ साउन ३२ बुधवार

633 

shares

Nepal_Telecom३२ साउन,काठमाडौँ । नेपाल टेलिकमले जिएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज गर्नाका साथै नयाँ महसुल दरसमेत निर्धारण गरेको छ ।

यो सुविधा आजदेखि आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ । “अब सियुजी सुविधा प्रयोग गरी एउटै सियुजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्नेछन्, साथै कर्पोरेट युजर ग्रुपबाहेक नेपाल टेलिकमकै नेटवर्कभित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइनेछ”, टेलिकमद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी करसहित चार सय, सात सय, एक हजार, एक हजार तीन सय र एक हजार ६०० रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराएको छ । सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइनेछ ।

त्यसैगरी, ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिनेछ । योबाहेक एक हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र एक हजार ५०० एमबी डाटा चलाउन, एक हजार ३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र दुई हजार एक सय एमबी डाटा चलाउन तथा एक हजार ६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र दुई हजार सात सय एमबी डाटा चलाउन पाइनेछ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिनेछ ।

जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्नेछन् । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियुजी प्याकेज उपलब्ध गराइनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०२:४६ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...