back

टेलिकमद्वारा कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज

वि.सं.२०७४ साउन ३२ बुधवार

420 

shares
IME Limited
NTC AD

Nepal_Telecom३२ साउन,काठमाडौँ । नेपाल टेलिकमले जिएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज गर्नाका साथै नयाँ महसुल दरसमेत निर्धारण गरेको छ ।

यो सुविधा आजदेखि आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ । “अब सियुजी सुविधा प्रयोग गरी एउटै सियुजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्नेछन्, साथै कर्पोरेट युजर ग्रुपबाहेक नेपाल टेलिकमकै नेटवर्कभित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइनेछ”, टेलिकमद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी करसहित चार सय, सात सय, एक हजार, एक हजार तीन सय र एक हजार ६०० रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराएको छ । सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइनेछ ।

त्यसैगरी, ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिनेछ । योबाहेक एक हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र एक हजार ५०० एमबी डाटा चलाउन, एक हजार ३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र दुई हजार एक सय एमबी डाटा चलाउन तथा एक हजार ६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र दुई हजार सात सय एमबी डाटा चलाउन पाइनेछ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिनेछ ।

जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्नेछन् । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियुजी प्याकेज उपलब्ध गराइनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०२:४६ मा प्रकाशित

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

राजनीतिक आर्थिक संकटकाे विकल्प : राजनीतिक सम्मेलन

राजनीतिक आर्थिक संकटकाे विकल्प : राजनीतिक सम्मेलन

वि.स २०६२/६३ को युगान्तकारी परिवर्तनबाट गणतन्त्र स्थापना भएको १९ वर्ष...

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित,अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा छुट पाउने

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित,अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा छुट पाउने

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

सिटिजन्स बैंकद्वार सुदूरपश्चिम प्रदेशमा बृक्षा रोपण सम्पन्न

सिटिजन्स बैंकद्वार सुदूरपश्चिम प्रदेशमा बृक्षा रोपण सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंकले ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई...

एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा...

भारतबाट अवैध कुखुराको चल्ला भित्रिँदा संकटमा नेपाली ह्याचरी व्यवसाय

भारतबाट अवैध कुखुराको चल्ला भित्रिँदा संकटमा नेपाली ह्याचरी व्यवसाय

चितवन । व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु...