back
CTIZAN AD

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

वि.सं.२०७४ साउन ३२ बुधवार

618 

shares

३२ साउन, वीरगञ्ज । विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ ।

पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिश्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउचिलाउने रोगबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयमा पर्याप्त मात्रामा औषधि भएको बताउँदै प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पण्डितले तर बाढीको कारण बाटोघाटो कटानमा परेकाले यातायातको असुविधाको कारण दुर्गम गाउँमा भने औषधि पठाउन नसकिएको बताउनुभयो ।

औषधि लिन जिल्ला जनस्वास्थ्य कार्यालय आएका जयमंगलपुर स्वास्थ्य चौकीका इन्चार्ज रामईश्वर रामले भिष्वा, सम्झौता, मिर्जापुर, पकहामैनुरजस्ता दुर्गम गाउँमा औषधिको अभाव रहेको र उक्त ठाउँमा समयमै औषधि नपाए महामारी फैलिन सकिने राससलाई बताउनुभयो ।

पर्सा जिल्लाको पश्चिमी भेगमा रहेको कतिपय गाउँ विकट क्षेत्रमा रहेको र सो ठाउँमा औषधि पुग्न नसकिने भए पनि हामीले रोगबारे खबर प्राप्त हुन साथ पायक पर्ने ठाउँमा औषधिसहितको टोली पठाउने गरेको जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले बताउनुभयो ।

विभिन्न रोग फैलिएका कतिपय गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेकाले बाढीपीडित बिरामीले उपचार पाउन नसकेको गुनासो बढ्दै गएको छ । कतिपय ठाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ ।

बाढीपीडित बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भएकाले महिला, बालबालिका तथा वृद्धवृद्धा विभिन्न रोगको शिकार हुँदै आएका छन् ।

बाढीको कारण ग्रामीण क्षेत्रका सडक क्षतिग्रस्त भएकाले आवतजावत गर्न समस्या भएकाले बिरामी सदरमुकामसम्म आउन नसक्दा उनीहरु झन सिकिस्त पर्न थालेका छन् ।

कतिपय गाउँमा रहेका स्वास्थ्य चौकी डुबानमा परेकाले त्यहाँ रहेका औषधिसमेत नष्ट भएकाले रोग फैलिन नदिन दुर्गम गाउँमा समेत जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि उपलब्ध गराउनुपर्ने माग बाढीपीडितको छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०४:३१ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...