back
CTIZAN AD

अदुवा बिक्री नभएपछि कृषक निराश

वि.सं.२०७४ भदौ ९ शुक्रवार

864 

shares

p-gingers९ भदौं, फलेवास (पर्वत) । मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो ।
खाद्यबाली र तरकारीको विकल्पमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले बजारका साथै उचित मूल्य पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदीले बताउनुभयो । उहाँले बिक्री नभएपछि पाँच हजार किलो अदुवा बारीमै थन्किएको बताउनुभयो ।

“प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा समेत बिक्री भएन”, उहाँले भन्नुभयो, “लगानीसमेत उठ्ने अवस्था छैन ।” यहाँ उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा उदुवा किन्न थालेपछि कृषक मारमा परेका छन् । अदुवालाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ । दुई वर्षपहिले अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदीले बताउनुभयो । जिल्लाका विभिन्न गाउँपालिकाका करिब ५०० भन्दा बढी घरधुरीले व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका छन् । यहाँ प्रत्येक कृषकले वर्षमा दुई क्विन्टलदेखि पाँच क्विन्टलसम्म अदुवा उत्पादन गर्दैआएका छन् ।

यातायातको सुविधा नहुँदा पिठ्यूँमा बोकेर बेनी बजारमा अदुवा बिक्री गर्न यहाँका किसान बाध्य छन् । अदुवा भण्डारण गर्ने ब्यवस्था समेत छैन । अहिले तराई र भारतबाट आयात गरिएको अदुवा कम मूल्यमा पाइन थालेका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०३:४९ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...