back
CTIZAN AD

स्थानीय तहमा कर्मचारी अभाव

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1.1K 

shares

९ भदौ, बागलुङ । गठन भएको महिनाँैं बित्दा समेत यहाँका स्थानीय तह कर्मचारीविहीन छन् ।
निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय अस्तव्यस्त छन् । दैनिक सेवा प्रवाहदेखि स्थानीय तहले तर्जुमा गरेका नीति, कार्यक्रम, योजना अघि बढाउन समस्या उत्पन्न भएको छ ।
ढोरपाटन नगरपालिका सबैभन्दा बढी समस्यामा जेलिएको छ । सचिव कमलप्रसाद कँडेललाई वडा नं ५, ६, ७, ८ र ९ को जिम्मा छ । बाँकी १ देखि ४ वडा सचिव विष्णुप्रसाद शर्माले हेर्दै आउनुभएको छ । “९ वटा वार्ड २ जना सचिवको भरमा चलेका छन्” नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले भन्नुभयो “नगर कार्यपालिकाको कार्यालयमा पनि कर्मचारी अभाव छ ।” उहाँका अनुसार नौ कर्मचारीको दरबन्दी रहे पनि अहिले पाँच मात्र कार्यरत छन् । इन्जिनियर, सबइन्जिनियर, कम्प्युटर इन्जिनियर र कार्यालय सहयोगी छैनन् । विषयगत कार्यालयअन्तर्गत कृषि र स्वास्थ्यका कर्मचारी पुगे पनि शिक्षाका कर्मचारी अहिलेसम्म पुग्न सकेका छैनन् । कर्मचारी व्यवस्थापन समिति र जिल्ला समन्वय समितिमा पटक पटक समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको कार्यकारी अधिकृत आचार्यले बताउनुभयो ।
ढोरपाटन नगरपालिकाको छिमेकी तमानखोला गाउँपालिकाको समस्या पनि उस्तै छ । दुइै सचिवको जिम्मामा ६ वटा वार्ड छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले कर्मचारी अभावमा काम गर्न गाह्रो भएको बताउनुभयो । “प्राविधिक जनशक्ति नै छैन, डिजाइन–इष्टिमेट र योजना कार्यान्वयन गर्न सकिएको छैन” अध्यक्ष बुढाले भन्नुभयो, “यस्तै अवस्था अझै केही समय रहे यो वर्षको सबै काम प्रभावित हुने देखिन्छ ।” उहाँले यथाशक्य छिटो कर्मचारी व्यवस्थापन गर्न सरकार र उसका निकायसँग माग गर्नुभयो ।
तमानखोला गाउँपालिकामा अहिले कार्यकारी अधिकृत खिम विक र लेखापाल यामबहादुर थापा मात्र कार्यरत हुनुहुन्छ । दरबन्दीअनुसार इन्जिनीयर, सबइन्जिनीयर, प्रशासन सहायक, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसमेत नभएको कार्याकारी अधिकृत खिम विकले बताउनुभयो । गाउँपालिकामा पनि नौ कर्मचारीको दरबन्दी छ । केही विषयगत कार्यालयबाट कर्मचारी खटिए पनि शिक्षाका कर्मचारी गएका छैनन् । जिल्लामा सबैभन्दा ठूलो समस्या वडाध्यक्षहरुको रहेको स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । “तेत्तीस जना वार्ड सचिवहरु अपुग हुनुहुन्छ, एउटै सचिवले धेरै वार्ड हेर्नुपर्ने बाध्यता छ” आचार्यले भन्नुभयो । साबिकका गाविस विभाजन भएर धेरै वडा बनेपछि सचिव अभाव भएको उहाँको भनाइ छ । “माथिबाट कर्मचारी आउने सुर भएन, जिल्लामा सहायकस्तरको कर्मचारीको संख्या कम छ” उहाँले भन्नुभयो ।
कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष सहायक प्रजिअ धु्रव गिरीले कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । “मुख्य रुपमा प्राविधिक र सहायकस्तरको कर्मचारी हामीकहाँ अभाव छ”, उहाँले भन्नुभयो “माथिबाट कर्मचारी आएनन्, यहाँ भएकोलाई परिचालन गरिएको छ ।”
खटाइएको ठाउँमा जान नमान्ने कर्मचारीको अटेरीपन, सामान्य प्रशासनको सरुवा र विषयगत कार्यालयले आफूखुसी कर्मचारी खटाउँदा समस्या निम्तिएको कर्मचारी व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका विषयगत कार्यालय र जिल्ला समन्वय समितिमा कर्मचारी दरबन्दी किटान गरेर पठाए बाँकी कर्मचारीलाई स्थानीय तहमा खटाउन सजिलो हुने समितिका पदाधिकारी बताउँछन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका छन् ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ११:४६ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...