back

एनआरएनए कोरियाको अध्यक्षमा जुनुको उम्मेदवारी

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1.2K 

shares

junu-gurungएनआरएनए कोरियाको अध्यक्षमा जुनु गुरुङले उम्मेदवारी दिएकी छन् ।  एनआरएनए कोरियाको इतिहासमै पहिलोपटक अध्यक्षमा महिलाको उम्मेदवारी परेको हो ।
कोरियामा रहेको वुमन फर वुमनको पूर्व अध्यक्ष समेत रहेकी गुरुङ एनआरएनए कोरियाको उपाध्यक्ष समेत हुन् ।
केहि समय अघि कोरियामा रहेको नेपाल हाउसमा आयोजित कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेकी गुरुङले कोरियामा रहेका नेपालीहरुको हितमा कामगर्न र संघलाई अझ व्यवस्थित तरिकाले अगाडी बढाउनका लागि आफ्नो उम्मेदवारी दिएको बताउँदै आफूलाई साथ र सहयोग गर्नका लागि कोरियामा रहेका नेपालीबीच अनुरोध समेत गरेकी छन् ।
राजधानी सोलमा व्यवसाय गरिरहेकी जुनु समाजसेवामा पनि त्यत्तिकै सक्रिय हुने गरेकी छन् । उनले रोजगारीका लागि कोरिया पुगेर समस्या परेका नेपालीको सहयोगमा तन, मन अनि धनले समर्पित भएर लाग्ने गरेकी छन् ।समाजसेवामा सक्रिय रहेकी जुनुले केही कोरियन सरकारद्धारा मानार्थ नागरिकता समेत पाएकी छन् ।

लम्जुङमा जन्मेर हाल ललितपुर निवासी जुनु गुरुङ सन् २००६ मा विजनेस भिषामार्फत कोरिया पुगेकी हुन् । हाल गुरुङको कोरियाको नेपाली चोक भनेर चिनिने दोङ्देमूनमा शुभेच्छा मार्ट र रेष्टुरेन्ट ब्यबसाय गर्दै आएकी छन् ।

जुनु भन्छिन् ‘यसकारण मेरो उम्मेदवारी’
१–एनआरएनएलाई कोरियमा आधिकारीक रुपमा दर्ता गर्न
२–नेपाल हाउसलाई बास्तविक रुपमा सेल्टर सहितको व्यवस्थगर्न ।
३–एनआरएनए कोरियालाई सम्पूर्ण सामाजिक संस्थाको अगुवा संस्थाको रुपमा विकास गर्न ।
४–कोरियामा आत्महत्या, हृदयघात,मानसिक तनावको कारणले ज्यान गुमाएकाहरुलाई नेपाल सरकारसँग सहकार्य गरी तत्काल समाधानको खोजी गर्न ।
५-एनआरएनएका हरेक कार्यक्रमहरु मजदुरको समस्यमा केन्द्रीत गरी मजदुरमैत्री बनाउने

६–कोरियाका नेपाली महिलाहरुको समस्यालाई ध्यानमा राखी बाहिरी मुख्य सहरहरुमा महिला सेल्टर स्थापना गर्न ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ११:१० मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...