back

नागोया अभिसन्धि संसद्बाट अनुमोदित

वि.सं.२०७४ भदौ १९ सोमवार

543 

shares
IME Limited
NTC AD

 १९ भदौ, काठमाडाँै। व्यवस्थापिका–संसद्को आजको बैठकले आज नागोया अभिसन्धि अनुमोदन गरेको छ । सो अभिसन्धि पारित भएसँगै जैविक विविधता महासन्धिका तीन उद्देश्यमध्ये तेस्रो उद्देश्य आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँट प्राप्त गर्न सहज हुनेछ । सो अभिसन्धिसँग सम्बन्धित विषय कार्यान्वयन गर्न सन् २९ अक्टोबर २०१० मा नागोया अभिसन्धि अनुमोदन भई १२ अक्टोबर २०१४ मा कार्यान्वयनमा आएको थियो । हाल उक्त अभिसन्धिलाई ९२ राष्ट्रले हस्ताक्षर गरेको तथा १०० राष्ट्रले अनुमोदन गरी कार्यान्वयनमा ल्याएका छन् । नेपालले सन् १९९४ फेबु्रअरी २९ मा जैविक विविधता महासन्धिको पक्ष राष्ट्रको रुपमा काम गर्दै आएको छ ।

अभिसन्धि अनुमोदनपछि नेपालबाट उत्पादन हुने जैविक स्रोत र तिनका आनुवंशिक स्रोतमा नेपाल र नेपाली जनताको पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटमा अधिकार स्थापना गर्न ठूलो योगदान पुग्नेछ ।

त्यस्तै जैविक विविधता संरक्षण गर्न तथा स्थानीय समुदायको प्राकृतिक स्रोतमाथि पहुँच बढ्ने र लाभ बाँडफाँटमा सम्झौता गर्न सक्ने क्षमतामा समेत अभिवृद्धि हुने जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा महेश्वर ढकाल जानकारी दिनुभयो । नेपाल नागोया अभिसन्धि अनुमोदन गर्ने विश्वको १०१औँ राष्ट्र बनेको छ । रासस

वि.सं.२०७४ भदौ १९ सोमवार १५:०४ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज...

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ) । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत्...

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...