back
CTIZAN AD

नागोया अभिसन्धि संसद्बाट अनुमोदित

वि.सं.२०७४ भदौ १९ सोमवार

879 

shares

 १९ भदौ, काठमाडाँै। व्यवस्थापिका–संसद्को आजको बैठकले आज नागोया अभिसन्धि अनुमोदन गरेको छ । सो अभिसन्धि पारित भएसँगै जैविक विविधता महासन्धिका तीन उद्देश्यमध्ये तेस्रो उद्देश्य आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँट प्राप्त गर्न सहज हुनेछ । सो अभिसन्धिसँग सम्बन्धित विषय कार्यान्वयन गर्न सन् २९ अक्टोबर २०१० मा नागोया अभिसन्धि अनुमोदन भई १२ अक्टोबर २०१४ मा कार्यान्वयनमा आएको थियो । हाल उक्त अभिसन्धिलाई ९२ राष्ट्रले हस्ताक्षर गरेको तथा १०० राष्ट्रले अनुमोदन गरी कार्यान्वयनमा ल्याएका छन् । नेपालले सन् १९९४ फेबु्रअरी २९ मा जैविक विविधता महासन्धिको पक्ष राष्ट्रको रुपमा काम गर्दै आएको छ ।

अभिसन्धि अनुमोदनपछि नेपालबाट उत्पादन हुने जैविक स्रोत र तिनका आनुवंशिक स्रोतमा नेपाल र नेपाली जनताको पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटमा अधिकार स्थापना गर्न ठूलो योगदान पुग्नेछ ।

त्यस्तै जैविक विविधता संरक्षण गर्न तथा स्थानीय समुदायको प्राकृतिक स्रोतमाथि पहुँच बढ्ने र लाभ बाँडफाँटमा सम्झौता गर्न सक्ने क्षमतामा समेत अभिवृद्धि हुने जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा महेश्वर ढकाल जानकारी दिनुभयो । नेपाल नागोया अभिसन्धि अनुमोदन गर्ने विश्वको १०१औँ राष्ट्र बनेको छ । रासस

वि.सं.२०७४ भदौ १९ सोमवार १५:०४ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...