back
CTIZAN AD

एनआरएनए तान्जानियामा रोशन थापा

वि.सं.२०७४ भदौ १९ सोमवार

1K 

shares

nrna-tanzaniaगैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाको चौथो राष्ट्रिय महाधिबेशनले रोशन थापालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
तान्जानियाको दार एस सलाममा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिबेशनले उपाध्यक्षद्धयमा प्रेम गुरुङ, विनोद पटेल, महासचिवमा पुष्पराज भट्टराई लगायतको ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
संघको महिला संयोजकमा श्रीमती अंजली तामाङ, युवा संयोजकमा दिपक लामिछाने र संघको आगामी २०१७–०१९ का लागि आइसीसी सदस्यमा संजित थापा चयन भएका छन् ।

सुवासचन्द्र लुइटेलको संचालन, महासचिव पुष्प भट्टराईबाट संघको हालसम्म भएका कार्यक्रमहरुको आयव्ययको विस्तृत विवरण पेश गरिएको थियो उक्त अधिबेशन सफल बनाउनका लागि विशेष अतिथिहरु अफ्रिकी क्षेत्रिय संयोजक सुनिल कार्की र पर्यवेक्षक तथा निर्वाचन अधिकृत रहेका शिव अर्यालको महत्वपूर्ण भूमिका रहेको थियो ।

सोहि अवसरमा नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ खुवाइएको थियो भने नवनिर्वाचित अध्यक्ष थापाले आगामी वर्षको कार्यक्रमहरु प्रस्तुत गर्दै नेपालमा आएको बाढीबाट पीडितभएका समुदायका लागि सहयोग रकम संकलन गरेका थिए ।
सो अबसरमा तान्जानियाको विभिन्न सहरमा रहेका तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सन् २०१३ मा भरत रिजालको नेतृत्वमा एनआरएनए तान्जानिया गठन भएको थियो भने तान्जानियामा झण्डै एकसय भन्दा बढी नेपालीहरु रहेका छन् ।

वि.सं.२०७४ भदौ १९ सोमवार १३:३७ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...