back
CTIZAN AD

कार्यकर्ताद्धारा नै फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड

वि.सं.२०७४ भदौ २० मंगलवार

753 

shares

२० भदौं, राजविराज । उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा सोमबार तोडफोड भएको छ ।

सप्तरीको राजविराजस्थित निवासमा आफ्ना समर्थकसँग कुराकानी गरिरहेको अवस्थामा सोही पार्टीमा आबद्ध रहेका असन्तुष्ट कार्यकर्ताले सामान्य तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

असन्तुष्ट पक्षधरले नेतृ यादवको घरको कम्पाउण्डभित्र पसेर कुर्सी, टेबुल तोडफोड गर्दै मूल गेटमा टायर बालेर व्यापक विरोध गरेका थिए ।

बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष पदमा सुरेन्द्र यादवको नाम हटाई आफू निकट चित्ररञ्जन यादवलाई उम्मेदवार बनाउन लागेको आरोपमा आक्रोशित कार्यकर्ताले यादवको घरमा तोडफोड गरी नाराबाजी गरेका थिए ।

वि.सं.२०७४ भदौ २० मंगलवार ०२:५६ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...