Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

दशैंका अवसरमा २१ कैदीलाई माफी



jail-805x510

९ असोज, रत्ननगर  (चितवन) । सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ ।

कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दाका छ जना परेका छन् । हातहतियार सम्बन्धी मुद्दाका चार जना र कर्तव्य ज्यान मुद्दाका चार जनाको पनि कैद माफी भएको छ ।

यस्तै चोरी मुद्दाका तीन जना, बहुविवाह मुद्दाका तीन जना र डाँका मुद्दाको एक जनाको पनि कैद माफी गरिएको कारागार प्रमुख काफ्लेले जानकारी दिनुभयो । असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो । उनीहरु सबै ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदी हुन् ।

जिल्ला कारागार चितवनले ३० जनालाई आम माफीका लागि सिफारिस गरेकामा २१ जनाले माफी पाएका हुन् । यसअघि अघिल्लो वर्ष संविधान दिवसमा १७ जना र दशैँमा पाँच जना कैदी छुटेका थिए । गएको गणतन्त्र दिवसमा २४ जनाले माफी पाएका थिए ।

जिल्ला कारागार चितवनमा अहिले क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा रहेका छन् । काफ्लेका अनुसार कारागारमा अहिले कैदी, थुनुवा र आश्रित बालबालिका गरी ६०१ जना छन् । जसमा ५९ जना महिला र तिनमा आश्रित पाँच जना बालबालिका छन् ।

कैदी र थुनुवाको चाप बढी भएकाले व्यवस्थापनमा कठिनाइ हुने गरेको कारागार चितवनले जनाएको छ । जसका कारण विभिन्न प्रकारका बिरामीलाई पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यता रहेको छ ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा