back
CTIZAN AD

अवरुद्ध जलविद्युत् सेवा पुनः सञ्चालन

वि.सं.२०७४ असोज १७ मंगलवार

1.2K 

shares

गुल्मी, १७ असोज : गुल्मीको परोपकार सहकारी जलविद्युत् परियोजनाको अवरुद्ध हुँदै आएको लघु जलविद्युत् सेवा आजदेखि सञ्चालन भएको छ ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित उक्त परियोजनाको करिब २० मिटर नहरको पर्खाल मर्मत भएपछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको व्यवस्थापक चन्द्र घर्तीले जानकारी दिनुभयो ।

गत दुई हप्ता अगाडि अविरल वर्षासँगै मुसिकोट नगरपालिका–७ को बसेरीस्थित माथिबाट खसेको पहिराले विद्युत् नहरको पर्खाल बगाएपछि विद्युत् सेवा सञ्चालन भएको एक हप्तामै फेरि अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले बताउनुभयो ।

विद्युत् सेवा सञ्चालन भएसँगै मुनपा वडा नं १, २, र ८ गरी तीनवटा वडाका झण्डै एक हजार २०० घरधुरीका बासिन्दा लामो समयपछि बिजुली बाल्न पाउँदा र उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चार उपकरण लगायत विद्युतीय यन्त्रसमेत सञ्चालन हुन थालेपछि खुशी भएका छन् । (रासस)

वि.सं.२०७४ असोज १७ मंगलवार ०७:४९ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...