back
CTIZAN AD

कृषकलाई अलैँची टिप्ने चटारो

वि.सं.२०७४ असोज २७ शुक्रवार

846 

shares

alaichi

२७ असोज,  बेँसीशहर, लमजुङ । छिनखोलाकी चितारीमाया तामाङको पिँढीमा अलैँचीको थुप्रो लागेको छ । छोरीसहित अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छोडाउन व्यस्त हुनुहुन्छ ।

दशैँ सकियो, तिहार आउँदैछ तर पनि छिनखोलामा चाडपर्वको खासै चहलपहल छैन । अलैँची पाकेपछि किसानलाई टिप्न, छोडाउन र सुकाउन भ्याईनभ्याई छ ।

अन्यत्र बडादशैँ, तिहारलगायतका चाडपर्वको रमझम छ । अलैँची किसानलाई भने अलैँची व्यवस्थापन गर्दा फुर्सद नै छैन । “खै सबैतिर दशैँ र तिहारको रमझम छ, हामीलाई त चाड मान्ने पनि फुर्सद छैन” अलैँची कृषक चितारी तामाङले भन्नुभयो, “हामी त कहिले बगान कहिले भट्टी अनि कहिले घर ।”

चितरीमायालाई आजभोलि बिहानदेखि नै हतार हुन्छ । डोको, छुरी, लिएर जंगल कुद्ने । दिनभरि अलैँची बगानमा । साँझतिर घर फर्कने । अलैँची टिप्ने चटारोले घरमा आउनेजानेसँग गफगाफ गर्ने फुर्सद छैन ।

“खेताला पाउन मुस्किल छ, सबैको अलैँची टिप्ने बेला छ,” तामाङले भन्नुभयो ।

लेकाली क्षेत्रका किसानको दैनिकी यस्तै हो । दशैँ सकिएलगत्तै किसान यतिबेला अलैँची व्यवस्थापनमा व्यस्त छन् । माथिल्लो भेगका किसान बिहान उठ्नेबित्तिकै बगान जान्छन् । साँझ परेपछि अलैँचीले भरिएको धोक्रो बोकेर घर फर्कन्छन् ।

अलैँची टिप्ने, छोडाउने र सुकाउने गर्नुपर्दा कृषकलाई भ्याईनभ्याई भएको हो । कतिपयले गाउँमै ल्याएर छोडाउने सुकाउने गर्छन् । कतिपयले भने जंगलमै छोडाउने र सुकाउने गरेका छन् । बगानमै भट्टी हुने किसानको घर बिहानदेखि साँझसम्म सुनसान हुन्छ ।

दिनभरि टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैँची किसानलाई फुर्सद छैन । समयमै अलैँची नटिपे ढुसी लागेर बिग्रने हुँदा कृषकले चाडपर्व पनि राम्रोसँग मनाउन पाउँदैनन् ।

“जसोतसो दशैँ त मानियो”, छिनखोलाकै अर्का कृषक सुनराम तामाङले भन्नुभयो, “तिहारसम्म त अलैँची थन्क्याउन चटारो छ ।”

अलैँची टिप्ने याम भएकाले शहर झरेकाहरु पनि गाउँतर्फ लागेका छन् । चाडपर्व मनाउन छोडेर कृषक अलैँची टिप्ने र सुकाउने कार्यमा तल्लिन भएका हुन् ।

“अरु दशैँ मान्न गाउँ फर्कन्छन्”, छिनखोलाकी रीना तामाङले भन्नुभयो, “मचाहिँ अलैँची थन्क्याउन गाउँ आएको हो ।” अध्ययनसँगै बेँसीशहरमा रोजगारी गर्दै आउनुभएकी तामाङले सात रोपनीभन्दा बढी जग्गामा अलैँची लगाएको र त्यो टिप्न भ्याईनभ्याई भएको बताउनुभयो ।

अलैँची टिप्ने चटारोले गर्दा नै दशैँ राम्रोसँग मनाउन नपाएको क्वहोलासोथारका कृषक ईश्वरबहादुर गुरुङ बताउनुहुन्छ । “उचाइअनुसार अलैँची टिप्ने याम फरक फरक हुन्छ”, गुरुङले भन्नुभयो, “असोज लागेदेखि नै हामीहरु अलैँची टिप्न व्यस्त छौँ ।”

जिल्लाको भुलभुलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गांँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखामा व्यावसायिक अलैँची खेती छ । अलैँची व्यवसायी महासंघका अनुसार गत वर्ष जिल्लामा ८२१ क्विन्टल अलैँची उत्पादन भएको थियो । सो उत्पादनबाट रु १४ करोडभन्दा बढी रकम आम्दानी भएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने अपेक्षा गरेको तामाङको भनाइ छ । तर पछिल्ला वर्षमा अलैँचीको मूल्यमा आएको कमीले किसानलाई निराश तुल्याएको छ । पछिल्ला समय जिल्लाका कृषकले उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन घोषणा गरिएको हो ।

वि.सं.२०७४ असोज २७ शुक्रवार ०९:३९ मा प्रकाशित

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...