back
CTIZAN AD

संगीत क्षेत्रका दुई संस्थाको एउटै साधारणसभा

वि.सं.२०७४ असोज ३१ मंगलवार

861 

shares

nepal-sangit-sangसंगीत व्यवसायीहरुको छाता संस्था नेपाल संगीत उद्योग संघ र साँगीतिक सामाग्री उत्पादकहरुको छाता संस्था नेपाल संगीत उत्पादक समाजले एक समारोहका बीच वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । संघकै सभाहल अनामनगरमा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयका राजिष्ट्रार राजेन्द्र सिग्देलले गरेका थिए ।

प्रमुख अतिथीको आसनबाट बोल्दै राजिष्ट्रार सिग्देलले नेपाली संगीतको बजार फैलिए पनि व्यवसायिक हिसाबले त्यो फैलावट कानुनी दायरामा आउँन नसकेको प्रति चिन्ता व्यक्त गर्दै रोयल्टी व्यवस्थापन कार्यान्वयनको चरणमा आउँन लागेकोले आशावादी हुने प्रशस्त ठाउँ रहेको बताएका थिए । बदलिँदो प्रविधिको विकासको वर्तमान समयको फाईदा उठाउँदै डिजिटल म्युजिक मार्केट बनाउँन सबै जना लागि पर्नु पर्नेमा सिग्देलको जोड रहेको थियो ।

कार्यक्रममा विशेष अतिथीको आसनबाट बोल्दै प्रतिलिपी अधिकार संरक्षण समाजका अध्यक्ष तथा आयोजक दुवै संस्थाका बरिष्ठ सल्लाहकार सन्तोष शर्माले विकसित प्रविधिले सबैलाई मिलेर अघि बढ्न निर्देश गरेकोमा सबै सचेत बन्नु पर्नेमा जोड दिएका थिए । संगीत उद्योगको भविष्य सुन्दर भएको बताउँदै शर्माले सफलता आफैंमा निर्भर भएकोमा सबैको ध्यानाकर्षण गराएका थिए ।

समाजको तर्फबाट महासचिव हुम गैरेले साँगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष राजशुक्र लिम्बुले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यसै गरी संघको तर्फबाट महासचिव खगेन्द्र यक्सोले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देउमान केरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुवै संस्थाका सबै प्रतिवेदन बिना टिक्का टिप्पणी पास गरिएको थियो ।

सांगीतिक क्षेत्रका व्यवसायिक हस्तीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा तथा नेपाल संगीत उद्योग संघका पुर्व अध्यक्ष पदम बुढाले पनि आफ्नो मन्तव्य राखेका थिए ।

दुवै संस्थाका अध्यक्षले संयुक्त सभापतित्व गरेको वार्षिक साधारण सभामा नेपाल संगीत उद्योग संघका अध्यक्ष सुर्य बहादुर एक्चाई मगरले सर्जक तथा संगीत व्यवसायीहरुले हाल युट्युवलाई मात्र व्यवसायिक माध्यम बनाएकोले सांगीतिक सामाग्रीको व्यवसाय अन्य क्षेत्रमा भएको तर्फ पनि ध्यान दिन आग्रह गरे । सिआरबिटी, पिआरबिटी लगायतका व्यवसायिक माध्यम नछोड्न आग्रह गर्दै मगरले संगीत सर्जक तथा व्यवसायीको एकतामा जोड दिए । हाल टेलिकम सेवा प्रदायक कम्पनीले प्रदान गरिरहेको रकम समय सापेक्ष नभएको, उनीहरुको स्वेच्छाचारी वितरण रहेको र यो वितरण हेपाहा हुनुका साथै आफ्नो श्रृजना र सम्पत्तिको मुल्य आफैंले निर्धारण गर्न पाउँने मौलिक हकमा समेत बन्देज लगाएको तर्फ सबै सचेत हुनु पर्ने औंल्याउँदै मगरले यसलाई सच्याउँन संघले अगाडी बढाएको अभियानमा सबैले साथ दिनु पर्ने बताए । नेपाली सांगीतिक सामाग्रीको प्रयोगबाट मनोरञ्जन लिईने हरेक क्षेत्रमा अनिवार्य रोयल्टीको मापदण्ड लागु गर्नु पर्नेमा मगरको जोड थियो ।

कार्यक्रमको समापन चरणमा नेपाल संगीत उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकालले चुनाव आउँने बेलामा आफ्नो मतको लागी मात्र उपस्थित हुने तर साधारण सभा तथा अन्य बिचार गोष्ठीको अवमुल्यन गर्ने व्यवसायीहरुले आफ्नो कमजोर चरित्र आफैंले सच्याउँनु पर्ने बताए । संस्थाको नेतृत्व गर्ने व्यक्ति गौण भएको भन्दै संस्थाको कार्यक्षेत्र र उद्देश्य प्राप्तीको सफलतामा जोड दिनु पर्ने उनले बताए ।

नेपाल संगीत उद्योग संघले आफ्नो १७ औं र नेपाल संगीत उत्पादक समाजले दोश्रो साधारण सभा संयुक्त रुपमा सम्पन्न गरेका हुन् ।

वि.सं.२०७४ असोज ३१ मंगलवार १०:४८ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...