back
CTIZAN AD

थाइल्याण्डमा सम्पन्न तेक्वान्दोमा नेपाललाई नौवटा स्वर्ण

वि.सं.२०७४ कात्तिक ६ सोमवार

675 

shares

६ कात्तिक, काठमाडौँ । थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको छ ।

थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरी कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए ।

फाइनलमा अजितले पुरुष ४६ किलोतर्फ चीन, रेखमायाले महिला ६७ किलोमुनितर्फ इन्डोनेसिया र पार्वतीले महिला ५३ किलोमुनितर्फ श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले जानकारी दिनुभयो ।

पुम्सेतर्फ नरमाया गुरुङ, जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिनुभयो । फाइनलमा नरमायाले १४ वर्षमुनिमा भारत, जस्मीनले १४ वर्षमाथिमा चीन र सन्ध्याले ४६ किलोमुनितर्फ ओमानलाई हराएका थिए ।

फाइटमा मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दिपीसा गुरुङ, डेबिड थापा, कलाअजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक जिते । फाइटमै अर्यान पौडेल, सागर बराल, ललित बुढामगर, दीपम थकाली, प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल, सुलभ सिम्खडा, दीपम थकाली र रिेखमाया गुरुङले काश्य पदक जिते । सो च्याम्पियनसिपमा दक्षिण कोरिया, चीन, इन्डोनेसिया, म्यानमार, भारत, पाकिस्तान, मलेसियालगायत देशको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ कात्तिक ६ सोमवार ०३:३५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...