back
CTIZAN AD

मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो

वि.सं.२०७४ कात्तिक ७ मंगलवार

756 

shares

Bhotekoshi-Rafting

 ७ कात्तिक,  दमौली, तनहुँ ।  मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ ।

पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको हो ।

दैनिक १५÷२० वटा डुंगामा पर्यटक गाईघाटसम्म जाने गरेका छन् । मादी नदीको पुलमुनिबाट गाईघाटसम्मको ३२ किमी दूरीमा पर्यटकले जलविहार गर्दै आएका छन् । अमेरिका, जापान, हल्याण्ड, फिनल्याण्ड, भारत, कोरिया, चीन, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनलगायत देशबाट पर्यटक जलविहारका लागि आउने गरेको ¥यापिड रनरका पथप्रर्दशक विवेक गुरुङले बताउनुभयो ।

असोजदेखि फागुनसम्म मादी र सेती नदीमा जल विहार गर्नेको घुइँचो लाग्ने गरेको जानकारी उहाँले दिनुभयो । याम शुरु भएसँगै मादी र सेती नदीमा जलविहार गर्नेको भीड बढेको बरिष्ठ पथ प्रर्दशक सुरज भुजेलले बताउनुभयो । कायक्लिङका लागि उक्त नदी नेपालमै सबैभन्दा उत्तम मानिएको अर्का पथ प्रर्दशक सिमन गुरुङले बताउनुभयो ।

जाडोमा तातो र गर्मीमा चिसो हुने पानीको विशेषताका साथै दायाँवायाँ हरियाली, डाँडाकाँडा चराचुरुङ्गीको चिरविरले पर्यटकलाई फेरी पनि जलविहार गर्न मन लाग्ने बनाउँछ । यहाँको जलविहार दुई दिन एक रातको हुने गर्छ । गाईघाट पुगेपछि पर्यटक चितवनको सौराहा र काठमाडौँतर्फ लाग्ने गर्दछन्   ।

वि.सं.२०७४ कात्तिक ७ मंगलवार ०५:२३ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...