
रुसकी पावर लिफ्टर नतालिया कुजनेत्सोवाले आफ्ना फोटोहरु सोसल मेडियामा सार्वजनिक गरेकी छन् । उनले सामाजिक संजालमा राखेका फोटोहरु देखेर पुरुष बडी विल्डर्सहरु पनि अचम्म पर्ने खालका छन् । नतालियाले सन् २०१६ मा आफू यस पेसाबाट बाहिरीने घोषणा गरेकी थिइन् । तर, उनले उक्त फोटोहरुसँगै यस क्षेत्रमा पुन ः फर्कने विचार व्यक्त गरेकी छन् ।
उनले यी तस्बिरहरु सार्वजनिक गर्दै भनेकी छन् मेरा साथीहरुले मलाई भुलेका छैनन् । यी तस्बिरहरु हेरेर सहज तरिकाले चिन्न सक्नेछन् । वेट लिफ्टीङमा धेरै किर्तीमानी कायम गरिसकेकी नतालियाले खेल प्रतियोगितामा भाग लिनुका साथै कोचको काम पनि गरेकी छन् । वल्र्ड पावर लिफ्टीङ च्याम्पियन समेत बनेकी नतालिया तीनपटक बेंच प्रेस र तीनपटक डेडलिफ्ट च्याम्पियन भइसकेकी छन् ।
नतालियाले किशोरअवस्था १४ वर्षको उमेरमा तालिम लिएकी थिइन् । त्यस समय उनको वजन ४० केजी थियो । हाल उनको वजन ९० किलो रहेको छ । नतालियाले शानदार प्रदर्शन फेरि दोहो¥याउनका लागि जिम सुरु गरिसकेकी छन् ।ऐजेन्सी