२२ कात्तिक, काठमाडौं । लागुऔषध चरेश सहित नेपाल पसेका विदेशी नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको डिर्पाचर एरियामा मंगलबार युक्रेनी नागरिकलाई चेकिङ एक्सरेमा व्याग चेकिङ गराउने क्रममा उनी पक्राउ परेका हुन् ।
उनले चेवनप्रासको दुई डब्बा र लगाएको जुत्ताको सोलभित्र २ केजी चरेश लुकाएर ल्याएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानको तथा कारबाहीका लागि लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरमा पठाइएको पनि प्रहरीले जनाएको छ ।
वि.सं.२०७४ कात्तिक २२ बुधवार ११:३५ मा प्रकाशित






























