
२७ कात्तिक, एजेन्सी । रियल म्याड्रिड तथा पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । रोनाल्डोले चौथो सन्तानको रुपमा छोरीलाई जन्म दिदैँ रोनाल्डोले चार जना बच्चाको बाबु बनेका हुन् ।
रोनाल्डोले ईन्स्टाग्राममा छोरी जन्माएको कुरा पुष्टि गरेका छन् । यस अघि ३ जना छोरालाई सरोगेसी मार्फत दिएर आमा को हो भन्ने कुरा थाहा नदिएतापनि यसपालि भने उनकी प्रेमिका जर्जीना रोड्रिग्वेजले छोरीको जन्म दिएका हुन् । रोनाल्डोले ४ महिना पहिला मात्रै सरोगेसी मार्फत जुम्ल्याहा छोरा पाएका थिए ।
उनले जनमेकी छोरीको नाम आलाना मर्टिना राखेका छन् । जुन नाम उनकी छोरी जन्मनु भन्दा ३ हप्ता पहिले नै जुराईएको थियो ।