जर्मनी हुँदै पोल्याण्ड पुग्ने क्रममा पक्राउ परेर जेलमा परेकी नेपाली महिलाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष डा.बोधराज सुवदीको पहलमा उर्मीला (नाम परिवर्तन) को उद्धार गरिएको हो ।
उर्मीलालाई केही दिनको जेल बसाइपछि पोल्याण्डको अध्यागमनले नेपाल फिर्ता पठाउने भएको हो ।
उर्मीला जर्मनी तथा पोल्याण्ड दुवै देशको सेन्जेन भिसा बिनै पोल्याण्ड पुगेकी थिइन् । सोहि क्रममा पोल्याण्डको अध्यागमनले अक्टोबरको पहिलो हप्ता पक्राउ गरेर जेल चलान गरेको थियो ।
अंग्रेजी वा पोल्याण्डको कुनैपनि भाषा नजानेकी उर्मीलालाई भाषाको साथै स्वास्थ्य समस्या पनि भएको डा. सुवेदीले जनाएका छन् । उनी जेलमा रहेका बेला भाषाको सहजीकरण गरेर उनको उद्धारमा महत्वपूर्ण भूमिका पूरा गरेका थिए डा. सुवेदीले । डा. सुवेदीको पहलमै उर्मीलालाई नेपालका लागि निःशुल्क टिकटको व्यवस्था गरिदिएपछि उनी नेपाल फर्कन पाउने भएकी हुन् ।
कुनै नेपाली पोल्यान्डको जेलमा गैसकेपछी उसको लागी सहजिकरण गर्नु र आफ्नो व्यस्तताको वावजुद समय मिलाउनु धेरै गार्हो काम हो र नेपाल एम्बेस्सी जर्मनी र अनि सम्बन्धित परिवार सबैको अनुरोधलाई स्वीकार गर्दै मानवीय दायित्वको बोध गर्दै उनलाई जेल बसाइराख्नु भन्दा सहजीकरण गरिदिएर उनलाई सहयोग गरेको थिए ।
डा सुबेदिले गरेको सहयोग प्रति ती नेपाली महिलाले आभार प्रकट गरेकी छिन् ।
उनलाई जेलबाट छुटकारा दिलाउन पहल गरे पछि नेपालबाट परिवार सदस्यले एवं उनकी दाजुले जर्मनीबाट उहाँको सहयोगमा चाडैं काम भएकोमा डा सुबेदिलाई हार्दिक आभार प्रकट गरेका छन् ।
स्मरण रहोस् यस कार्यको लागी नेपाली दूतावास जर्मनीले पनि बोधराज सुबेदी लगायत पोल्यान्ड नेपाललाई पनि सम्पर्क गरेर सहजीकरण गर्न अनुरोध गरेको थियो । उसैको जानकारी अनुसार पोल्यान्ड नेपालले केहि समय अगाडि पनि समाचार प्रेषित गरेको थियो ।
वि.सं.२०७४ कात्तिक २७ सोमवार १०:११ मा प्रकाशित






























