back
CTIZAN AD

प्रवासी नेपाली संघ भारत तमिलनाडु -पुदुचेरीद्वारा बामतालमेलको स्वागत तथा नेताको बिदाई

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

684 

shares

krishna-paluwa-2

१२ नोभेम्बर २०१७ तमिलनाडु, चेन्नई । प्रवासी नेपाली संघ भारत तमिलनाडु -पुदुचेरी सँयुक्त राज्य समितिले मुलुकमा हुन गैरहेको प्रदेससभा तथा प्रतिनिधिसभाको निर्बाचनमा भएको बामपन्थि गठबन्धन र पार्टी एकता प्रक्रियालाई हार्दिक स्वागत गर्दै प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिब तथा उदयमान केन्द्रीय नेता कृष्ण पालुवा भारत प्रवासको बसाई छाडेर स्वदेस फर्किनुहुने भएकोले उहाँको कार्यकाल र योगदानको उच्च मूल्याँकन गर्दै बिदाई समारोह पनि सम्पन्न गर्यो ।

तमिलनाडुको चेन्नई स्थित त्रिबतियुरको भिम्को नगरमा रहेको CPIM को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नेता पालुवाको बिदाई गरिएको थियो । राज्य समितिका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, राज्य सचिब दुर्गा पौडेलको सञ्चालन, राज्य सहसचिब भक्त कार्कीको स्वागत भाषण रहेको उक्त कार्यक्रम ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धान्जली गरी सुरुवात गरिएको थियो ।

krishna-paluwa-4

कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिब कृष्ण पालुवाले प्रमुख आतिथ्यता गर्नुभएको थियो भने अन्य अतिथिहरुमा संघका केन्द्रीय लेखा बिभाग सदस्य इन्द्र पौडेल, केन्द्रीय सदस्य बेलदास चापागाई, केन्द्रीय सल्लाहकार द्वय टिका पौडेल, महेन्द्र शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय पार्षद नर बहादुर गुरूङ, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय नेताहरु लीलाधर खनाल, लोक बहादुर र जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य चन्द्रकान्त आचार्यका साथै तिलक कंडेल ( बंगलोर), जगदीश आचार्य ( बंगलोर) रहनुभएको थियो ।

भेलालाई संघका नगर अध्यक्ष शिब लामिछाने, राज्य सदस्य दीपक शर्मा, राज्य सदस्य मोहदत्त चापागाइँ, राज्य सदस्य राम शर्मा, राज्य सदस्य दुर्योधन आचार्य, राज्य सल्लाहकार बिदुर पौडेल, राज्य कोषाध्यक्ष तेजेन्द्र प्रसाद शर्मा, राज्य उपाध्यक्ष टीकाराम भुवांजी, केन्द्रीय लेखा बिभाग सदस्य इन्द्र पौडेल, केन्द्रीय सदस्य बेलदास चापागाई, केन्द्रीय सल्लाहकार टिका पौडेल, केन्द्रीय सचिब कॄष्ण पालुवा लगायत मित्र सङ्गठनबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय पार्षद नरबहादुर गुरुङ , अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्यहरु लोकबहादुर, लीलाधर खनाल र नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य चन्द्रकान्त आचार्य लगायत बंगलोरबाट मूल प्रबाह अखिल भारत नेपाली एकता समाज परित्याग गरी हाल मात्र प्रवासी नेपाली संघ भारतमा प्रबेश गर्नुभएका तिलक कँडेलले पनि सम्बोधन गर्नुभएको थियो ।

krishna-paluwa-bidai-1

सोही भेलामा कर्नाटक राज्यको बंगलोर शहरमा नेकपा मशाल समर्थित मूल प्रबाह अखिल भारत नेपाली एकता समाजमा कार्यरत केहि सदस्यहरु उक्त समाज परित्याग गरी तिलक कंडेलको नेतृत्वमा प्रवासी नेपाली संघ भारतमा प्रबेश गर्नुभएको थियो भने नेकपा बिप्लब् समुहको जनसमाजका राज्य सदस्य जगदीस आचार्य समेत प्रबेश गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने सबै बक्ताहरुले बामपंथीहरुको चुनाबी तालमेल र पार्टी एकीकरणको प्रक्रियालाई हार्दिक स्वागत गर्दै संघका नेता कृष्ण पालुवाको बिदाईको सुभकामना ब्यक्त गर्नुभएको थियो । भेलामा संघका केन्द्रीय सचिब श्री कृष्ण पालुवाको बिदाईमा संघको तमिलनाडु – पुदुचेरी सँयुक्त राज्य समितिले खादा ओढ़ाएर माल्यार्पण गर्दै प्रवासी नेपाली आन्दोलनमा उहाँको उच्च योगदान भएको र रहेको मुल्यांकन गर्दै सम्मानपत्र प्रदान गरेको थियो । अन्य नेता ( कार्यकर्ताहरुले रातो टिका लगाउँदै सम्झनाका कोशेलीहरु र मायाको चिनो प्रदान गर्दै कसिला हात मिलाई रहेको दृश्य निकै आकर्षक देखिएको थियो । आफ्नो बिदाईप्रति आफ्ना समकक्षी नेताहरु तथा कार्यकर्ताहरुको यो अपार मायाँ र सम्मानको लहरले उहाँलाई भाबुक बनाएको थियो भने कार्यकर्ताहरुमा निःस्वार्थ रूपले जनताको सेबा गर्नसके पाइने माया र सम्मानको दृश्यले प्रेरणा जगाएको थियो ।

भेलामा प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले प्रकाशित गरेको “आगामि निर्वाचनमा देसभित्र जाऊँ, बामपन्थि साझा उम्मेदवारहरुलाई मतदान गरी बिजय बनाऊँ” भन्ने नारा सहितको अपील बितरण गरिएको थियो । निर्बाचनमा स्वदेस जाने नेता कार्यकर्ताहरुलाई सम्बन्धित गृह जिल्लामा कार्यरत रहन नेकपा एमालेको जिल्ला कमिटीलाई संघको सिफारिसपत्र प्रदान गरिएको थियो ।

krishna-paluwa-3

भेलामा केन्द्रीय सल्लाहकार टिका पौडेल र केन्द्रीय सचिब कृष्ण पालुवाले सम्बोधन गर्ने क्रममा मुलुकको राजनैतिक परिबर्तन र संबिधान निर्माणमा नेपाली कांग्रेस मुलुकका बामपन्थि शक्तिहरुसँग हातेमालो गर्दै आएको भएपनि परिवर्तनको श्रेय आंफ़ैले लीन खोज्ने, कम्युनिष्ठरूलाई किनारा लगाउँन खोज्ने, दमन गर्न खोज्ने, धेरै पटक सरकारमा कहिले दुई तिहाई त कहिले बहुमत प्राप्त गरी सरकारमा पुग्दापनि उसले मुलुकको हितमा केहि गर्न नसकेको, राष्ट्रीयता र प्रजातन्त्रमैं संकट आउने र ल्याउने गरेको र मुलुकलाई यथास्थितिकै सेरोफेरोमा घुमाई महंगी, बेरोजगारी, हत्या, हिँसा, भ्रटाचार र राजनीतिक अस्थिरता ल्याएकोले अब यस चुनाबमा नेपाली काँग्रेसलाई हराइ साझा बामपन्थि उम्मेदवारहरुलाई जिताएर सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने एमालेको अभियानमा लाग्न जोड दिनुभयो । साथै नेपाली काँग्रेसकले कम्युनिस्टलाई लगाउँदै आएका झुटा आरोपहरुको खण्डन गर्दै स्पस्ट पार्नुभएको थियो ।

समाचार तथा तस्विरहरु : टिका पौडेलको सहयोगमा

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०३:२२ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...