back

बेल्जियममा बामपन्थीको एकता, पूरा होला त सपना ?

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

249 

shares
NTC AD
Global IME AD

dilliram-ammaiआइतबारको दिन बेल्जियमका प्रवाशी नेपाली मंच र जन प्रगतिशील मंचले अबका कार्यक्रमहरु संयुक्त रुपमा गर्ने र मातृ पार्टीको एकतासंगै आँफुहरुले पनि एकता गर्ने निर्णय गरेका छन् ।

आन्त्रोपेनको एक हलमा दुवै पार्टीहरुले सदभाब र भाइचारालाई एकताको पुर्बाभ्यासको रुपमा बिकसित गर्नकोलागि एक सामुहिक सम्मेलनको आयोजना गरे । उनीहरुले आफ्ना बिचारहरु एकापसमा साटासाट गरे । त्यहाँ दुइ संगठनका कार्यकर्ताबीच कुनै विभेद देखिएन । त्यो सभा एउटै संगठनले आयोजना गरेको जस्तो सदभाबपूर्ण देखिन्थ्यो । नेपालमा हुन गैरहेको चुनाबमा बामपन्थी उमेद्वारलाई जिताउन प्रवासबाट हरसम्भब प्रयास गर्ने, अन्य कार्यक्रमहरु पनि सकेसम्म एउटै मंचबाट गर्ने र भाइचाराको भावना बिकसित गर्दै अन्त्यमा सांगाठानिक एकता गर्ने संकल्प प्रस्ताब सामुहिक रुपमा पास भयो ।

belgium1

कार्यक्रमको पहिलो औपचारिक चरणको प्रमुखमा दुवै संगठनका अध्यक्षहरु क्रमश जित लामा र बोधराज पौडेल मन्चमा आसिन थिए । कार्यक्रम संचालन नेपाली प्रवाशी मंचका महासचिब चन्द्र शर्माले गरे भने संगठनको महत्वपुर्ण मानिएको संकल्प निर्णय पत्र जन प्रगतिशील मंचका महासचिब पवन सुबेदीले पढेर सुनाए । जनप्रगतिशील मंचका संस्थापक कृष्ण खतिवडा, माओबादि केन्द्रका नेता प्रकास पौडेल तथा एनआरएनए बेल्जियमका पुर्व उपाध्यक्ष कृष्ण पौडेल , नेताद्वय कृष्ण तिवारी, टिकाराम पौडेल,प्रगतिशील मंच र प्रवासी मंचका भूपू अध्यक्षहरु क्रमश चित्र सुबेदी र अर्जुन गुरुङ, एनआरएनएका अध्यक्ष लोक दाहाल, पत्रकार ओम शर्मा ,माओबादि केन्द्र तथा एमालेका प्रबुद्ध ब्याक्तित्व लगाएत बामपन्थी चुनाबी एलायन्स क्षेत्र नम्बर ४ का इन्चार्ज तथा अखिल छैठौका भूपू केन्द्रिय अध्यक्ष कृष्ण अधिकारि समेत त्यो संयुक्त सदभाब सम्मेलनमा सहभागी थिए ।

यो संकल्प प्रस्ताब नेपालको राजनैतिक स्थिरता, संबृधी र सम्पूर्ण गरिब जनताको बर्गीय मुक्तिको आध्रार बनोस भन्दै प्रगतिशील मंचका अध्यक्ष जित लामाले हिजोका सबै तिता मिठा इतिहासका अनुभबहरु तर्फ नफर्किन आग्रह गरे । त्यस्तै “समाजबादी महाअभियानमा लामबद्ध हुदै पाटीले गरेका युगान्तकारी निर्णयलाई हर तरहले साथ् दिनु कार्यकर्ताको न्युनतम अनुशासन हो“ भने । प्रवाशी मंचका अध्यक्ष बोधराज पौडेलले कम्पनीको मूल्य संगै सेयर बजारको मूल्य बढे जस्तै मुलुकको संबृधी नभएसम्म मुलुकबासीको स्वाभिमान र गौरबरुपी शेयर बढ्दैन भन्दै यो बाम एकताले राजनतिक स्थायित्व दिएसंगै मुलुकको बिकासले गति लिने र समाजबादी कार्य्दिशाले गरिब र धनि बिचको खाडल पुर्ने ठोकुवा गरे । उनले अब देश प्रगतिशीलहरुले हाक्ने दावी गर्दै सान्ति र स्थिरताको लागि सम्पूर्ण बामपन्थी मिल्नुको विकल्प नभएको बताए ।

b2

कार्यक्रमको अन्तिम चरणमा एकता समाजले राखेको अर्को कार्यक्रममा पुर्व बिद्यार्थी नेता तथा जनमोर्चाका पुर्व सचिबसंग बाम तथा प्रजातान्त्रिक ध्रुविकरण र त्यसले पार्ने असर बिषायक अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बालकृष्ण कंडेलको सभापतित्वमा सम्पन्न अन्तरक्रियाको संचालन समाजका सचिब हिमाल थापाले गरेका थिए । “बाम गठबन्धन मुलुकको हितमा भएकोले त्यो यो चुनाबमा गठबन्धनलाइ जिताउन प्रवासबाट सहायोग गर्नुपर्ने“ बताउदै नेता अधिकारीले “बामपन्थीहरु बिगतको समिक्षा सहित रुपान्तरित हुनुपर्ने“ बताए । उनले “जनमोर्चा पार्टी एकतामा आउन नसकेपनि राष्ट्रियता र जनजीविकाको सवालमा हमेसा बाम्पन्थीको साथमा रहेको“ जानकारी दिए । “जनमोर्चाले सधै निष्ठाको राजनीति गर्छ र यो सधै बाम्पन्थीको साथमा रहन्छ तपाइहरुले यसको बिगतलाइ हर्नुभो भने त्यो कुरा छर्लंग हुन्छ“ भन्दै “पार्टीका कार्यकर्ता स सुभचिन्तकहरु दास नबन्न र गल्ति गरे आफ्नै पार्टीको पनि निर्धक्क बिरोध गर्न’ आग्रह गरे ।

कार्यक्रमको बीच नेपाली एकता समाज, जन प्रगतिशील मंच र प्रवासी नेपाली मंचबीच बाम गठबन्धनलाई सहयोग र समर्थन गर्ने अर्को एक लिखित एकबद्धता समेत जारि गरिएको थियो । जसलाई महासचिब हिमाल थापाले पढेर सुनाएका थिए । अन्त्यमा बाम नेता कृष्ण अधिकारीलाई बग्लुङ्ग समाज बेल्जियमले समेत सम्मान गरेका थिए । सम्मान समारोहको अध्यक्षता समाजका अध्यक्ष गङ्गा आचार्यले गरेका थिए भने संचालन संचालन महासचिब परमानन्द सापकोटाले गरेका थिए ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०३:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...