back

नेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० र्मोगेज ब्रोकर बन्न सफल

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

594 

shares
IME Limited
NTC AD

kapil-nepalनेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० होमलोन फाइनान्स व्यवसायीको लिस्टमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका ४ हार्थोकका नेपाल अष्ट्रेलियाको MPA Magazine मा वार्षिक रुपमा प्रकाशित हुने अष्ट्रेलियाको टप १०० ब्रोकरमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।
सन् २०१६ मा ८२ औ नम्बरमा परेर यो लिस्टमा पर्ने पहिलो नेपाली र्मोगेज ब्रोकर बन्न सफल भएका नेपाल २०१७ मा पहिल्को भन्दा २० औ स्थान माथि आई ६३ नम्बरमा पर्न सफल भएका हुन ।

झण्डै १८ हजारको संख्यामा अष्ट्रेलियन ब्रोकरहरुले आफूले लेखेको लोनको भोल्युमको आधारमा भागलिन पाउने र यसरी भाग लिएका मध्येबाट टप १०० जनाको लिस्ट छानिने गर्दछ ।
६३ औं नम्बरमा पर्न सफल भएका नेपालले खुसी व्यक्त गर्दै यो सफलता आफ्नो मात्र नभएर नेपाल र अष्ट्रेलियामा बस्ने सम्पूर्ण नेपाली समुदायको सफलता रहेको बताएका छन् ।
नेपालले आफूहरुलाई माया गरेर साथ दिने ग्राहक वर्ग, ग्राहकको सेवामा मरिमेटेर लागि पर्ने आफ्ना कर्मचारी लगायत, परिवार,आफन्तजन र साथीभाइमा धन्यवाद व्यक्त गरेका छन् ।

बिगत पाँच बर्षमा करिब ५०० भन्दा बढी ग्राहकलाई होमलोन लिन सहयोग गरेका कपिल नेपालले यस्को श्रेय गुणस्तरीय ग्राहक सेवा र ईमान्दारितापुर्वक गरेको काम को प्रतिफल मान्छन् ।   यसले आफुलाई अझै हौसाएको र भबिस्यमा अन्य ब्यापारीक क्षेत्रमा हातहाल्ने मनसाय रहेको जानकारी गराउनु भयो।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०५:१३ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...