back
CTIZAN AD

नेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० र्मोगेज ब्रोकर बन्न सफल

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

882 

shares

kapil-nepalनेपाली युवा कपिल नेपाल अष्ट्रेलियाको टप १०० होमलोन फाइनान्स व्यवसायीको लिस्टमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका ४ हार्थोकका नेपाल अष्ट्रेलियाको MPA Magazine मा वार्षिक रुपमा प्रकाशित हुने अष्ट्रेलियाको टप १०० ब्रोकरमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।
सन् २०१६ मा ८२ औ नम्बरमा परेर यो लिस्टमा पर्ने पहिलो नेपाली र्मोगेज ब्रोकर बन्न सफल भएका नेपाल २०१७ मा पहिल्को भन्दा २० औ स्थान माथि आई ६३ नम्बरमा पर्न सफल भएका हुन ।

झण्डै १८ हजारको संख्यामा अष्ट्रेलियन ब्रोकरहरुले आफूले लेखेको लोनको भोल्युमको आधारमा भागलिन पाउने र यसरी भाग लिएका मध्येबाट टप १०० जनाको लिस्ट छानिने गर्दछ ।
६३ औं नम्बरमा पर्न सफल भएका नेपालले खुसी व्यक्त गर्दै यो सफलता आफ्नो मात्र नभएर नेपाल र अष्ट्रेलियामा बस्ने सम्पूर्ण नेपाली समुदायको सफलता रहेको बताएका छन् ।
नेपालले आफूहरुलाई माया गरेर साथ दिने ग्राहक वर्ग, ग्राहकको सेवामा मरिमेटेर लागि पर्ने आफ्ना कर्मचारी लगायत, परिवार,आफन्तजन र साथीभाइमा धन्यवाद व्यक्त गरेका छन् ।

बिगत पाँच बर्षमा करिब ५०० भन्दा बढी ग्राहकलाई होमलोन लिन सहयोग गरेका कपिल नेपालले यस्को श्रेय गुणस्तरीय ग्राहक सेवा र ईमान्दारितापुर्वक गरेको काम को प्रतिफल मान्छन् ।   यसले आफुलाई अझै हौसाएको र भबिस्यमा अन्य ब्यापारीक क्षेत्रमा हातहाल्ने मनसाय रहेको जानकारी गराउनु भयो।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०५:१३ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...